Saturday February 08, 2025

एनआरएनए अभियन्ता गौरी जोशीलाई बेलायतमा स्वागत र अन्तरक्रिया

३ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1317


एनआरएनए अभियन्ता गौरी जोशीलाई बेलायतमा  स्वागत र अन्तरक्रिया

शीतलपाटीन्युज डटकम।
लण्डन- अमेरिका बसेका गैरआवासीय नेपाली संघको (एनआरएनए) अभियन्ता एवम् अन्तरराष्ट्रिय समन्वय परिषदको दुई कार्यकाल महासचिव सफलता पुर्वक सम्पन्न गरेका गौरी जोशीसंग अन्तरक्रिया गर्दै यूकेमा स्वागत तथा सम्मान गरिएको छ।

एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भयको स्वागत र अन्तरक्रिया कार्यक्रम एनआरएनए यूके आइसीसी सदस्य दिलराज गुरुङले संचालन गरेको थिए।

कार्यक्रममा बोल्दै जोशीले गैरआवासीय नेपाली संघलाई विगतमा जस्तै एकजुट भएर अघि बढेको देख्न चाहेको बताउदै ‘अदालतको निर्णय र फैसलाको पूर्ण पाठ नआइ सकेका बताउदै संघ अहिले अन्योल र निस्क्रिय छ, फैसलाको पूर्ण पाठ अध्ययन गरेर संघलाई सबै मिलेर जीवन्तता दिनुपर्छ। नेपाल र विदेशमा बस्ने नेपालीहरुलाई जोड्ने महत्वपूर्ण संस्थाको रुपमा रहेको एनआरएनएलाई अघि बढाउन नयाँ नेतृत्व,नयाँ सोच र नयाँ पुस्तालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने,विगतमा गल्ती सबैबाट भएको छ,गल्ती सबैले स्वीकार्नुपर्छ गल्ती,तर गल्ती बारम्बार दोहोरिनुहुन्न’ जोशीले धारणा थिए।

एनआरएनएले देशका लागि धेरै काम गरेको र अझै गर्नुपर्ने बताउंदै उनले कोभिडका बेला  ग्लोबल फण्डका लागि बेलायतको भूमिकाको स्मरण गर्दै आफ्नो नेतृत्वमा ब्लड बस बैंकको संचालन गरेर ५ वटा प्रदेशमा राहत पुर्‍याएको उल्लेख गर्दै यस्ता कार्य गरेर गैर आवासीय नेपाली संघ र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउन पर्ने राय ब्यक्त गरेका थिए।

एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ,एनआरएनए यूकेका पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुड्ग, एनआरएन युके पुर्व प्रमुख सॅरक्षक शेर सुनार,शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराई,नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार समेतले संबोधन गर्दै संघका पूरानो कुरा बिर्सिएर संस्थालाई अघि बढाउन आग्रह गरेका थिए।

उक्त कार्यक्रममा एनआरएनए अभियन्ता योगेन क्षेत्री,गोरखा जिल्ल्ला समाज युकेका अध्यक्ष हेम कुमार गुरुङ, नेपाल नर्सिड्ग एसोसीयसनकी पुर्व अध्यक्ष प्रसुना कंडेल,तमुधि युकेका उपाध्यक्ष कमल कोने गुरुङ,पुर्व डिएसपी बाचस्पति रेग्मी,नेपाल पत्रकार महासंघ युकेका महासचीव नरेन्द्र बस्नेत, समाजसेवी बीरेन खड्का लगायतको उपस्थिति थियो ।  गत साता परिवारसहित यहाँ आएका जोशी लिभरपुल, स्कटल्यान्ड लगायत विभिन्न स्थानको भ्रमण र केही अनौपचारिक भेटघाटमा शनिबार अमेरिका प्रस्थान गरेको समाचार छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?