Wednesday June 18, 2025

तमु समाज युकेको अध्यक्षमा समाजसेबी बिन्दु घले निर्वाचित

४ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1443


तमु समाज युकेको अध्यक्षमा समाजसेबी बिन्दु घले निर्वाचित

शीतलपाटीन्युज डठकम।
लण्डन। तमु समाज युकेको १५ जुन २०२४ मा बसेको साधारणसभा मार्फत गठित निर्वाचन समितीले तमु समाज युकेको अध्यक्षमा बिन्दु घले निर्बिरोध चयन भएकी छन।


शनिबार बर्हाम पार्क बेम्बली स्थित तमु समाज युकेको सामुदायीक भवनमा १७ औ साधारणसभा एवम ७ औ महाअधिबेसनले बिन्दु घलेको नेतृत्वमा नया कार्यसमिती चयन भयको हो। यसै गरि संस्थाको बरिष्ठ उपाध्यक्षमा भिम बहादुर गुरुङ,द्वितीय उपाध्यक्षमा केदार बहादुर गुरुङ,तृतिय उपाध्यक्षमा मीरा गुरुङ चयन भयका छन।

यसै गरि महासचिवमा सुब घले,कोषाध्यक्षमा चन्द्रकान्त गुरुङ लगायत कार्यसमितीको २१ बटा पदाधिकारी सबै पद निर्बिरोध निर्वाचित भयको कुरा निर्वाचन समितीले जनाएको छ।

नया कार्यसमिती चयन गर्न प्रमुख आयुक्त अर्जुन कुमार गुरुङ रहनु भयको थियो भने आयुक्त शिवचन्द्र गुरुङ,सचिवमा गोपीराम गुरूङ र माया गुरुङ तथा सदस्यमा कन्या प्रसाद गुरुङ रहेको समिती गठन गरियको थियो।


साथै  सल्लाहाकारहरु,पदाधिकारीहरु,शुभचिन्तक र साधारण सदस्यहरुको भब्य उपस्थिती रहेको सो साधारण सभामा पेश भयका आर्थिक प्रतिबेदन,महासचिबको प्रतिबेदन पास भयको थियो।


समाजसेबी चित्र बहादुर गुरुङ संस्थापक रहेको यो तमु समाज युके ३० सेप्टेम्बर २००७ मा खुलेको हो। तमु समाज युके " सेवा नै धर्म हो" भन्ने मुख्य सोच राखेर खुलेको संस्थामा शिव कुमार गुरुङ निवर्तमान अध्यक्ष थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?