Wednesday November 13, 2024

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई

४ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1300


नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई

शीतलपाटीन्युज डटकम।

लण्डन।नेपाल आदीबासी जनजाती महासंघ युकेको  ५औ महाधिबेसन हालै भब्य सम्पन्न भएको समाचार छ। 

महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता सम्पन्न महाधिबेसनमा नेपाली दूतावास लन्डनकीउपनियोग प्रमुख रोशन खनालको प्रमुख अतिथी रहनु भयको र आइतबार तमु धीं भवन मिचेटमा सम्पन्न भएको थियो। अधिवेशन प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनाल,अध्यक्ष कर्मा पहाडी शेर्पाले दिपप्रज्वलन गरेर उद्घाटन गर्नु भयको थियो।

महासंघको पाँचौं महाधिवेशनले मेजर राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा मेजरयोगेश कोयी राई चयन भयको सो महासंघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विमला राई, महासचिवफामबहादुर दुरा,सचिव इन्द्रजंग दुरा चयन भएका छन् ।सदस्यहरुमा हाललाई जीत मेन्याङ्बो, विजयलिङ्थेप चयन भएको निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले जानकारी दिनु भयको थियो।उहाका अनुसार बाँकी पदाधिकारी र सदस्य पछि थप्ने गरी सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएकोहो ।

अधिवेशन उद्घाटन सत्र, बन्दसत्र र घोषणासभा गरी तीन चरणमा सञ्चालन गरिएको सो कार्यक्रममा नेपालराष्ट्रिय गीत र आदिवासी जनजागतिको राष्ट्रिय गान बजाइएको थियो। अहिलेसम्मका आदिवासी जनजातिआन्दोलनमा क्रममा प्राण आहुति दिनेहरुको सम्झनामा दुई मिनेट मौनधारणा गरिएको थियो। 

महासंघकी उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विमला सेनेलेसञ्चालन गर्नु भयको थियो। त्यसपश्चात “नेफिन युकेको डेढ दशक” स्मारिका विमोचन गरिएको थियो ।स्मारिकामा नेफिन स्थापनाको १५ वर्षमा भएका गतिविधि साथै आबद्ध जातीय संस्थाको परिचय समेटिएकोछ।

 

महाधिवेशनमा गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राई,नेफिन युकेका संस्थापक अध्यक्ष थर्कराना,पूर्वअध्यक्ष जंग सुनुवार,तमु धीं युके अध्यक्ष हरि गुरूङ,फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशीमगर,निवर्तमान अध्यक्ष गोमा राना,नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष नेत्रकला युमालिम्बु,किरात राई यायोक्खा नेपाल धनकुटाका अध्यक्ष उद्धव राईलगायत महासंघ आबद्ध जातीय संघसंस्थाका प्रमुख, प्रतिनिधि,बेलायतमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरु,नेफिन युकेकासल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो।

उद्घाटनसत्र सकिए लगत्तै बन्दसत्र भएको थियो । त्यसक्रममा विभिन्न प्रतिवेदनमाथि छलफल गरी प्रतिबेदन पारित गरिएको थियो। त्यसपछि प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले सबैलाई धन्यवाद दिएर नयाँकार्यसमिति घोषणा गरीएको र नवनिर्वाचित कार्यमितिलाई आइतबार नै प्रमाणपत्र दिने र पद तथागोपनियताको शपथग्रहण गराइएको थियो।

नवनिर्वाचित अध्यक्ष मेजर योगेश राईले आफूलाई छनोट गरेकोमा धन्यवाद दिँदै इमानदारिताका साथजिम्मेवारी निभाएर संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पालेआफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए भने नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाटसहयोग रहने वचनबद्धता गर्दै बधाई ज्ञापन गरेका थिए।

नयाँ कार्यसमिति सहमतिको आधारमा छनोट गरी निर्वाचन सफल पारेकोमा प्रमुख आयुक्त एकेन्द्रगुरुङ,सदस्यहरुलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। निर्वाचन समिति सदस्यमानिवर्तमान अध्यक्षहरू ले.श्रीप्रसाद लिम्बू, जंग सुनुवार,सल्लाहकारहरू विश्वासदीप तिगेला र एभरेष्ट टाइम्सका सम्पादकदुत पुन थिए।

श्रोत-गोर्खा मिडीया।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?