Tuesday July 08, 2025

मन्त्रिपरिषदद्धारा बेलायतका लागि डा बिजन पन्त लगायत ८ देशका लागि राजदूत सिफारिस

८ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1464


मन्त्रिपरिषदद्धारा बेलायतका लागि डा बिजन पन्त लगायत ८ देशका लागि राजदूत सिफारिस

शीतलपाटीन्युज डटकम।
लण्डन । मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ। भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्। 
एमाले,माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको हो। भारतमा लोकदर्शन रेग्मी,अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे,दक्षिण कोरियाका लागि मानव अधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् ।

डेनमार्कका लागि सुम्निमा तुलाधर,मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि डा.बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन्।


भारतका लागि सिफारिस भएका रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए। केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए।
अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकातास्थित महावाणिज्यदूत पनि बनेका थिए। तुलाधार महिला तथा बालअधिकारको क्षेत्रमा लामो समय देखि काम गरेकी हुन्।


बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिला जानकार हुन्। राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?