१४ असार, २०८१
शीतलपाटीन्युज डटकम।
हङकङ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल हङकङ शाखा गठन भएको छ । प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता भएको भेलाले लोकदोहोरी गायिका मन्जु थापाको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो।
भेलामा केन्द्रीय सांगठनिक उपमहासचिव शिरीष देवकोटा, उपत्यका समन्वय समितिका प्रवक्ता निर आले,हङकङमा कार्यरत लोक संगीत आबद्व कलाकारहरुसँगै विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति थियो।
प्रतिष्ठान गठनले हङकङमा नेपाली लोक संगीतको थप प्रवर्द्धन गर्न कलाकारहरुको संस्थागत एकतासँगै सांगीतिक कार्यक्रमहरुमा लोक कलाकार र लोक संगीतको गर्विलो संस्थागत सक्रियता रहने अपेक्षा गरिएको प्रतिष्ठानका अध्यक्ष थापामगरले बताइन्।
(केपीकुमार जलन)