Tuesday September 17, 2024

पत्रकार महासंघ युके शाखाको अध्यक्षमा बिमला सेनी बिजयी

३१ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1184


पत्रकार महासंघ युके शाखाको अध्यक्षमा बिमला सेनी बिजयी

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाल पत्रकार महासंघ यूके शाखाको आइतबार भएको निर्वाचनमा विमला सेने अध्यक्षमा निर्वाचित भएकी छन। बेलायतको फार्नबोरोस्थित गोर्खा वेल्फेयर सोसाइटीको भवनमा भएको ४० सदस्य रहेको FNJ UK मतदानमा खसेको सबै २३ मत बिमला सेनेले प्राप्त गर्दै महासंघको नेतृत्वमा पुग्ने पहिलो महिला बनेकी छन। 
अध्यक्षको प्रतिष्पर्दामा बिमला सेनी,श्याम लुइँटेल र दिनेश परियारले उम्मेदवारी दिएका थिए।श्याम लुइटेल र दिनेस परियारले उम्मेदवारी दिएता पनि उनीहरू मतदानमा उपस्थित भएनन्। 


बिमला सेनी अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध भएका थिए। अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत, उपाध्यक्षमा शिव भण्डारी, उपाध्यक्ष (महिला) प्रमीला लाबुङ राई,महासचिवमा खेमराज रानाभाट,सचिवमा मञ्जु भण्डारी खरेल र विश्वासदीप तिगेला रहेका छन भने कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङनाम निर्विरोध चुनिएका छन्।
निर्वाचन संयोजक FNJ UK का पूर्वअध्यक्ष नरेश खपांगी मगर रहेको निर्वाचन समितीमा सदस्यहरूमा प्रजय शुक्ला र पूर्ण गुरुङ थिए। सो निर्वाचनमा सदस्यहरूमा वाचस्पति रेग्मी,बमबहादुर थापा,अमित थेबे,नगेन्द्रराज नेम्वाङ,गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) समेत निर्विरोध निर्वाचित भएका थिए।

FNJ UK का अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भएको सो बार्षिक अधिबेसन कार्यक्रममा महिला उपाध्यक्ष प्रमीला राईले स्वागत मन्तव्य राखेकी थिइन भने महासचिव नरेन्द्र बस्नेत र सचिव मञ्जु भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए। सो बार्षिक अधिवेशनमा  महासचिव बस्नेतले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो।


अन्त्यमा निवर्तमान अध्यक्ष अर्यालले निर्वाचन मण्डल संयोजक FNJ UK का पूर्वअध्यक्ष नरेश खपांगी मगर सदस्य प्रजय शुक्ला र सदस्य पूर्ण गुरुङ,निर्वाचनमा पर्यवेक्षक बरिष्ठ समाजसेबी एकेन्द्र गुरुड्ग,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्टराई र ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गरुड्ग,नवनिर्वाचित कार्यसमिति तथा उपस्थित सबैलाई धन्यवाद तथा बधाई दिएका थिए। 

संस्थापक अध्यक्ष नविन पोखरेल,फोनिज युकेका अध्यक्ष बम बहादुर सुर्यबंशी मगर,फोनिज युकेकी पुर्व अध्यक्ष गोमा राना,मगरसंग युकेको पुर्व अध्यक्ष सुनिल राना उपस्थिती रहेको सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बिमला सेनेले सबैलाई धन्यवाद दिएकी थिईन।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?