Tuesday September 17, 2024

क्षेत्री समाज युकेको वार्षिक भेला भब्य मनाइने : अध्यक्ष थापा

१० श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1410


क्षेत्री समाज युकेको वार्षिक भेला भब्य मनाइने : अध्यक्ष थापा

शीतलपाटीन्युज डटकम।
लण्डन। क्षेत्री समाज युकेले हरेक बर्ष मनाउदै आएको वार्षिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा अध्यक्ष श्रध्दा थापाले बताउनु भयको छ। अध्यक्ष थापाका अनुसार यसपटकको वार्षिक भेटघाट २७ जुलाई शनिबार अल्डरसटस्थित एम्पाएर हलमा हुने भएको छ।


नयाँ पुस्तालाई पनि नेपाली कला संस्कृति र परम्पराबारे जानकारी गराउन एवं निरन्तरता दिलाउन प्रेरित गर्ने उद्देश्यले वार्षिक भेटघाट गरिंदै आएको कुरा समाजकी अध्यक्ष श्रद्धा थापाले शीतलपाटीन्युजलाई बताउनु भएको छ।यो बार्षिक भेटघाट कार्यक्रम क्षेत्री समाज युकेको आयोजनामा भएपनि सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई सहभागी हुन उहाले आग्रह गर्नु भयको छ।


विगत जस्तै यसपटक पनि विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम राखिएको,लोकदोहोरी कलाकारहरु चोलेन्द्र पौडेल,सिर्जना खत्री र सुशीला गौतमले सांगीतिक प्रस्तुति दिने गरी ब्यवस्था गरीएको छ। कार्यक्रममा स्कुल कलेज तथा युनिभर्सिटिमा राम्रो नतिजा ल्याउने र समाजमा उत्कृष्ट योगदान पुर्याउनेहरुलाई प्रेरणा र हौसलास्वरूप सम्मान गरिने योजना पनि रहेको छ।


‘राफल ड्र’ का लागि सुनका आकर्षक गहनालगायत विभिन्न सामग्री राखिने भएको छ। सो राफल ड्र का लागि मनका धनी एवम शुभ चिन्तकहरुले प्रायोजन समेत गर्नु भयको खुलाईएको छ।

कार्यक्रम संयोजक मेजर चक्र खत्री रहेको समाजको बार्षिक कार्यक्रममा सान्भी ज्वेलर्स यूके,दिदीबहिनी समूह तथा व्यक्तिहरु लगायत निम्न स्पोन्सरहरुले पुरष्कारको सामाग्री उपलब्ध गराउनु भयको छ।

स्पोन्सरहरु-
Raffle Draw Prize list-
1.Gold jewellery
2.Sanvi jewellers kukuri   
3.Mr Deepak shrestha Buddha foundation,Hot air Ballon flight Ticket for couple .
4.Pom’s penthouse pokhara nepal 2 BHK for 2 Night valid Ticket for 6 Month
5.Didibaini Samuha UK Saari,Kurtha gift.
6.Gift hamper from Mr prajwol kc comet 2 Drycleaner Eltham.
7.Mr Chakra Khatri - A bottle of Whiskey
8.Sharada kunwar- Rice cooker 
9.Mrs Sangita Thapa,Elegant Hair & beauty products
10.Mr Prajesh shrestha,Kings gates gift Voucher

कार्यक्रम-
मिती- २७ जुलाई २०२४, शनिबार
समय- १२:०० देखि २३:०० बजे सम्म।
स्थान- एम्पायर हल,अल्डरसट।
Post Code -GU11 1 DJ



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?