Tuesday September 17, 2024

मृत्युपर्यन्त बौद्ध विधि संस्कारसम्बन्धी च्योद पूजा एम्पायर हलमा हुदै : प्रेषमीट

१४ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1208


मृत्युपर्यन्त बौद्ध विधि संस्कारसम्बन्धी च्योद पूजा एम्पायर हलमा हुदै :  प्रेषमीट

शीतलपाटीन्युज डटकम।
रेडिड्ग, युके। मृत्‍यु पश्चात गरिने आफ्नो जातिय संस्कारलाई एकरुपतामा ल्याउनलाई बुद्दिस्ट गुम्बा रिडिङ् यूकेले २८ जुलाई २०२४ मा प्रेषमीटको आयोजना गर्यो।

गुम्बाका अध्यक्ष खेम गुरुड्गको अध्यक्षतामा भएको उक्त कार्यक्रम गुम्बाका महासचिव कमल गुरुड्गले गुम्पबाको दाधिकारीहरुको परिचय गराउदै कार्यक्रम संचालन गर्नु भएको थियो भने प्रेषमीटमा गुम्बाका उपाध्यक्ष कृष्ण गुरुड्ले स्वागत भाषण गर्नु भयको थियो। 
बेलायतमा १८ अगस्टमा मृत्युपर्यन्त बौद्ध विधि संस्कारसम्बन्धी च्योद पूजा एम्पायर हलमा हुने र अल्डरशटको एम्पायर हलमा हुने पुजामा गुम्बाको गुरु खेन् रेन्पोछे शिर लामाज्यूबाट धर्मदेशणा कार्यक्रममा प्रबचन हुने भएको छ।

सन २००७ पछि ब्रिटिश सरकारले गोर्खाहरुलाई रिटायर पश्चात स-परिवार बेलायत बस्न पाउने नियम तथा अवसर दिए पश्चात नेपालीहरुको बसोबाश बाक्लिदै गएको छ र उमेर सङ्गै जिवनको अन्तिम महोत्सब मृत्‍यु पनि हुने गरेको कुरा लामाले उद्रित गर्दै नेपाल र बेलायतको भौगोलिक,सस्कार संस्कृति र जीवन शैली बेग्लै भएकोले कतिपय अवस्थामा के गर्ने भन्ने अन्योल समेत उत्पन्न हुने भएकोले बुद्दिस्ट गुम्बा रिडिङ् यूकेले यस  सम्बन्धी बिषयमा विशेष धर्मदेषणा गर्न लागेको हो।

प्रवेश शुल्क प्रतिब्यक्ति £२० रहेको उक्त कार्यक्रम बिहान ११ बजे बाट शुरु भएर साझ  ५ बजे सम्म चल्ने छ।प्रवचन समाप्त भए पश्चात समुर्ण धर्मवलम्बीहरुको लागि ग्रह शान्तिको पूजा पनि गर्ने आयोजकले जानकारी दिएका छन।उक्त गुम्बाका गुरु लामा एसोसियन नेपालका अध्यक्ष हुन र लुम्बिनी बुद्ध धर्म बिस्तार, प्रचार प्रसारका एक संयोजक पनि हुन।

यसै गरी बुद्दिस्ट गुम्बा रिडिङ् यूकेको आयोजनामा बुद्दिस्ट गुम्बा रिडिङ्मा सेप्टेम्बर २ देखी ८ तारिख सम्म ७ दिन भगवान बुद्धको (प्रज्ञा पारा बिद्या,गरुड पुराण) १६ ठेली ग्रन्थहरुको व्याख्या गर्ने कार्यक्रम बौध्द गुम्बा रेडिड्गमा नै आयोजना गरीने समाचार छ। समस्त भक्तजनहरुबाट यस कार्यको लागि प्रायोजन खोजिरहेको र यसबाट बचेको रकम गरीब दु:खीहरुलाई  प्रदान गर्ने जानकारी गराईएको छ।यो सम्पूर्ण कार्यक्रमको अरु जानकारिको लागि गूगलमा Budhista gumbaa Reading  सर्च गरेर फोन संपर्क गरी  बुझ्न सकिने छ।

साथै प्रेषमीटमा भर्खरै निर्वाचित पत्रकार महासंघ युकेको अध्यक्ष बिमला सेनी, बरीष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, कोषाध्यक्ष एसके गुरुड्ग,सहकोषाध्यक्ष सुरेन्द्र इगनाम , सदस्यहरु मीलन तमु गुरुड्ग,नरेन्द्र नेवाड्ग र बाचस्पति रेग्मीलाई सम्मान गरीएको थियो। सो सम्मानका समयमा गुम्बाका ट्स्ट्री तमुधि युकेका संस्थापक अध्यक्ष मीन गुरुड्ग सिकलिसे, ट्रस्टी पोखरा बगर भाईखलका पुर्व अध्यक्ष चन्द्रमान गुरुड्ग,गुम्बाका कोषाध्यक्ष रि मे बुध्दी गुरुड्ग,आमा समुह पदाधिकारीहरु,एभरेष्ट टाएम्सका फोटोग्राफर तेज गुरुड्ग, लण्डन नेपाल न्युजका रिपोर्टर प्रकास कडेल समेतको उपस्थिती थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?