Tuesday September 17, 2024

बेलायतमा हुने गुल्मेली भेलाको तयारी पूरा : प्रेषमीट

१७ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1173


बेलायतमा हुने गुल्मेली भेलाको तयारी पूरा : प्रेषमीट

शीतलपाटीन्युज डटकम।
लन्डन।गुल्मीबाट बेलायत आई बसोबास गरेका नेपालीहरुले वर्षेनी मनाउदै आएको १६ औ गुल्मेली भेला यही आइतबार ४ अगष्ट २०२४ मा आयोजना हुने भयको छ। सो कुरा गुल्मी जिल्ला समाज युकेले ३० जुलाई २०२४ मा आयोजना गरेको प्रेषमीटमा जनाइको छ।
लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरको मैदानमा बिहान ११ देखि बेलुका ९ बजेसम्म हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक गुल्मी जिल्ला समाज यूकेले जनाएको छ।

मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रुद्रबहादुर थापाले बेलायतवासी सबै नेपालीलाई कार्यक्रममा निमन्त्रणा गरेका थिए। आयोजक मात्र गुल्मेली हौं,कार्यक्रम बेलायतका सबै नेपालीको लागि हो,हामी आशा गर्छौं,गैर गुल्मेली नेपालीहरुलाई पनि स्वागत गर्न पाउने छौं ।मौलिक गुल्मेली कला,संस्कृतिका प्रस्तुति हेर्ने र मनोरञ्जन लिने अवसर सदुपयोग गर्नुहुन सबैलाई आव्हान गर्दछौं।प्रेषमीट कार्यक्रममा यस वर्ष अलिक फरक हुने गरी पहिलोपटक गुल्मी जिल्लाका स्थानीय निकायका पालिका प्रमुखहरुलाई निम्त्याइएको अध्यक्ष थापाले जनाउनु भएको छ। गुल्मेली जनप्रतिनिधिहरुलाई यहाँका स्थानीय सरकारसंग सम्पर्क स्थापना गराई अन्तरक्रिया गर्न समन्वय गरेर नेपालको विकास र समृद्धिका लागि समेत सहयोग पुर्याउने योजना रहेको अध्यक्ष थापाले बताउनु भयो।

सो अवसरमा कार्यक्रम संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनु भयको छ।भेलामा विगतमा जस्तै नेपालबाट आएका राष्ट्रिय कलाकारका प्रस्तुति, मौलिक सांस्कृतिक कार्यक्रम, नौमति बाजाको प्रस्तुति, राफल ड्र र बालबालिकाका लागि बाउन्सी क्यासल, आइसक्रिम भ्यान लगायतको आकर्षण रहेको बताउनु भयको छ।यसपटक मनोरन्जनका लागि भेलामा नेपालका राष्ट्रिय लोकदोहोरी कलाकारद्धय सुशिला गौतम र दीपक घर्तीमगरले प्रस्तुति गर्नेछन् । त्यसबाहेक प्रथम नौमती बाजा गुल्मी यूकेको प्रस्तुति,गुल्मेली झ्याउरे तथा ठाडो भाका,भजन, तीजगीतसहितका मौलिक कार्यक्रमका साथै स्थानीय कलाकारका सांस्कृतिक नृत्यहरु पनि रहनेछन् ।

भेलामा यस पुर्बका कार्यक्रममा पनि बेलायत भरका पन्ध्र सय नेपालीको सहभागिता रहेको गुल्मी जिल्ला समाजको भेलामा यस पटक पनि १५ भन्दा बढीको अपेक्षा गरिएको छ । कार्यक्रममा साउथ इष्ट लन्डन,मिडल्यान्ड सहित बिभीन्न क्षेत्रबाट ठुला बसहरु बुकिंग गरेर सहभागीहरु ल्याउने तयारी छ। बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल प्रमुख अतिथी रहने सो कार्यक्कममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष प्रतिनिधिहरु अतिथिको रुपमा आमन्त्रण गरीएको बताईएको छ।

कार्यक्रमको प्रबेश शुल्क वयस्कहरुका लागि २५ पाउण्ड तथा ६ देखि १२ वर्षमुनिका बालबालिकाका लागि १२ पाउण्ड छ। टिकटमा फ्रेस बारबीक्यू सहितको प्यालेस रेष्टुरेन्ट अल्डरसटबाट स्बादिष्ट तीन कोर्स खाना  उपलब्ध गराइने जनाईएको छ।कार्यक्रमस्थलमा प्राथमिक उपचारको व्यवस्था रहने,खाना,शौचालय लगायतमा लामो लाइन बस्नु नपर्ने गरी यसपटक थप चुस्त व्यवस्थापन मिलाइएको समाजले बताएको छ ।

समाजका अध्यक्ष रुद्र बहादुर थापाको अध्यक्षतामा जुम मार्फत सञ्चालन भएको प्रेषमीट समाजका महासचिव महलाल घिमिरेले संचालन गरेका थिए भने उपाध्यक्ष मुकुन्दहरि खरालले स्वागत मन्तव्य राखेका थिए। प्रवक्ता वसन्त खनालले भेलामा आउनेहरुका बसकोबुकिंगबारे जानकारी गराएका थिए।

पत्रकार सम्मेलनमा बेलायतस्थित प्रमुख नेपाली मिडियाका अध्यक्ष बिमला सेनी, पुर्व अध्यक्षहरु नविन पोखरेल, ध्रुबराज अर्याल लगायत एक दर्जन बढी सञ्चारकर्मीहरु सहभागी रहेका थिए। 

सो अवसरमा समाजका पूर्व अध्यक्षहरु,सल्लाहकारहरु तथा कार्यसमितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?