Tuesday September 17, 2024

बेलायतका विभिन्न शहरमा प्रदर्शन र हुलदंगा भएकोले त्यस्ता स्थानमा नजान नेपालीलाई राजदूतावासको आग्रह

२२ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1229


बेलायतका विभिन्न शहरमा प्रदर्शन र हुलदंगा भएकोले त्यस्ता स्थानमा नजान नेपालीलाई राजदूतावासको आग्रह

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतका विभिन्न शहरमा केही दिनदेखि प्रदर्शन तथा हुलदंगा चलिरहेको छ। यस्तो हुलदंगा भएको स्थानको भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई लन्डनस्थित नेपाली दूतावासले अनुरोध गरेको छ। 

बेलायतको वर्तमान परिस्थितिलाई नेपाली राजदूतावासले नजिकबाट नियाली रहेको समेत जनाएको छ। यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ,राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ।

साथै,बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था/समुदाय मार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न समेत राजदूतावासले अनुरोध गरेको छ । 
आपत्कालीन अवस्थामा राजदूतावासमा सम्पर्क गर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ। राजदूतावासलाई देहायबमोजिम सम्पर्क गर्न सकिनेछ। 


Embassy of Nepal
12A Kensington Palace Gardens, London, W8 4QU
Email: [email protected], [email protected]
Phone: +44 (0) 20 7229 1594, +447404939274

प्रेष बिज्ञप्ति-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?