Saturday March 22, 2025

अमेरीकाको बाल्टीमोर नाच्दै

२५ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1411


अमेरीकाको बाल्टीमोर नाच्दै

सुरेश कोईराला,

अमेरीका।अब नाच्छ बाल्टिमोर भन्ने मूल नाराका साथ हिन्दूहरूको महानपर्व हरितालिका तीज एवम विभिन्न चाडपर्वलाई माध्यम बनाई आयोजिक बिविध सांस्कृतिक कार्यक्रम यही अगस्ट १८ आईतबार  नेपालका चर्चित कलाकारहरूको साथ बेजोड प्रस्तुति हुने भएको छ।

एन आर एन ए मेरिल्यान्ड च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा चर्चित गायिका शान्ति श्री परियार,रचना रिमाल,गायिका एबम् मोडेल ज्योती मगर र मोडेल करिष्मा ढकालले कार्यक्रममा आफ्नो प्रस्तुति दिने कुरा सल्लाहाकार जनक पौडल बताउनु भयको छ। बाल्टीमोड  स्थित Family Kitchen,4132 E Joppa RD,Nottingham, MD 21236 मा हुने कार्यकम मूलतः विशेष रहने कुरा सचिव गोविन्द सापकोटाले बताउनु भयको छ।

अध्यक्ष कुल गुरुङ अध्यक्ष भए पश्चात अमेरिकामा रहनु भएका नेपालीहरु एबम् विभिन्न संघ संस्थाहरुलाई एकतावद्द रुपमा जोड्ने काम गर्नु भएको छ। साथै गतवर्ष तिहारमा भैलो कार्यक्रम,नयाँ वर्षको कार्यक्रम,एनआरएनए एनसीसीको बार्षिक साधारण सभा लगायत अन्य विभिन्न कार्यक्रमहरू आयोजना भएको थियो।

नेपाली परम्परा,कला संस्कृतिक जर्गना गर्ने उदेश्य विभिन्न चाड पर्वलाई माध्यम बनाई नेपालीहरुलाई मनोरञ्जन दिने उदेश्यले उक्त कार्यक्रम गर्न लागेको कुरा अध्यक्ष कूल प्रसाद गुरुङ्गले बताउनु भयो। NRNA च्यान्टरहरुमा हरेक नेपाली पर्व लगायात विभिन्न कार्यक्रम गर्ने कुरामा एनआरएनए मेरिल्याण्ड च्याटर अगाडी भएको कुरा NRNA NCC अमेरीकाका सदस्य विष्णु वरालले बताउनु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?