Saturday March 22, 2025

एनआरएनए यूकेको सहयोगमा लन्डनमा एनआरएन नागरिकता वहस हुने

२७ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1479


एनआरएनए यूकेको सहयोगमा लन्डनमा एनआरएन नागरिकता वहस हुने

शीतलपाटीन्युज डटकम।
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको सक्रियतामा गैरआवासीय नेपाली नागरिकतासम्बन्धि एक वहस सञ्चालन हुने भएको छ। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको आयोजना र एनआरएनए यूकेको सहयोगमा यही अगष्ट १७ तारिख आइतबार लन्डनमा गैरआवासीय नेपाली नागरिकता वहस गरिने भएको हो।

वुल्लीचस्थित लाइब्रेरी बिल्डिंगको सातौं तलामा मध्यान्ह १२ देखि साँझ ६ बजेसम्म तय कार्यक्रममा नेपाल तथा बेलायतका विषय विज्ञहरुले प्रिजेन्टेसन गर्नेछन्।

एनआरएनए यूके महासचिव गोविन्द खरेलका अनुसार कार्यक्रममा सहभागी हुन सर्वोच्च अदालतका न्यायधिस एवम् अधिवक्तासहितका विज्ञ बेलायत आउँदैछन। त्यस्तै, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्समा अबद्ध विषयविज्ञहरुले पनि कार्यक्रममा प्रिजेन्टेसन गर्नेछन्।सो अवसरमा एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले पनि नागरिकतासम्बन्धि एनआरएनए अभियान र सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेसंग हुन सक्ने सहकार्यबारे मन्तव्य राख्नेछन्।

कार्यक्रम नेपालको संविधानमा भएको गैरआवासीय नेपाली नागरिकतासम्बन्धि व्यवस्थाबाट प्राप्त उपलब्धिहरु,आउन सक्ने समस्याहरु तथा सम्भावित समाधानका उपायसम्बन्धि रिसर्च तथा नतिजा  प्रकाशनमा केन्द्रित रहनेछ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले गैरआवासीय नेपालीहरुको सबैभन्दा ठूलो चासो र चिन्ता रहेकाले नागरिकताको विषयलाई प्राथमिकतासाथ अघि बढाउन लागिएको बताए। नागरिकता बारे बेलायतवासी आम नेपालीलाई सुसूचित गर्ने र नेपालको राजनीतिक नेतृत्वलाई झक्झकाउने कार्यलाई एनआरएनए यूकेले तीव्र रुपमा अगाडि बढाउने अध्यक्ष गुरुङले बताए।
कार्यक्रममा उपस्थित भएर नागरिकता वहसमा सहभागी हुन आयोजक सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके र एनआरएनए यूकेले इच्छुक बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका छन्। 

कार्यक्रममा उपस्थित हुन नसक्नेहरुले इमेलमार्फत् आफ्ना जिज्ञासा वा धारणा पठाउन सक्ने र तीनलाई कार्यक्रममा यथोचित स्थान दिइने एनआरएनए यूकेले जनाएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?