२० भाद्र, २०७५
शीतलपाटीन्युज डटकम, काठमाडौँ ।
नेपाली, भारतीय, पाकिस्तानी र अमेरिकी कलाकारको अभिनय रहेको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर सार्वजनिक भएको छ। नेपालमा बनेको अंग्रेजी भाषाको चलचित्रको ट्रेलर र पोस्टर अमेरिकाको सिकागोमा भइरहेको नेपाली नेशनल कन्भेन्सन २०१८ मा सार्वजनिक गरिएको हो । हिन्दु र मुश्लिम युवकको अतिवादी सोचसहितको यात्रालाई देखाइएको यस चलचित्रको छायांकन नेपालमा र अमेरिकाको लस एन्जल्समा गरिएको छ।
‘द म्यान फ्रम काठमाडौँ’ करिब पाँच करोड लगानीमा निर्माण भएको चलचित्र हो । यो चलचित्रलाई हलिउड, बलिउड र नेपालमा एकैसाथ सार्वजनिक गर्ने तयारी गरिएको छ।
मेमा धोन्डुप निर्देशित यस चलचित्रका निर्माता नकिम उद्दिन हुन् । अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउडकाअभिनेता गुल्सन ग्रोबर, पाकिस्तानी कलाकार अभिनेता जोसे म्यालुअलसँग नेपालका कलाकार नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, परमिता राना लगायतका कलाकार छन्।
(भिडियो)