Tuesday September 17, 2024

पोखरामा पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुड्गसगँ भूतपूर्व खेलाडि मञ्चको छलफल

२९ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1118


शीतलपाटीन्युज डटकम।
पोखरा।नेपाल भूतपूर्व खेलाडि मञ्चले पोखरेली मञ्च युकेका अध्यक्ष लगाएत सगँ छलफल र सम्मान गरेको छ ।गत सोमबार पोखरामा भएको छलफल तथा सम्मान कार्यक्रममा बोल्दै पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले सन् २०१६ बाट मञ्चले पोखरा म्याराथनलाई सहयोग गदै आइरहेको बताउनुभयो।

उहाँले पोखरेली मंञ्च यू.केको नेतृत्वमा तमुधि यू.के,तमु समाज यू.के,बगर भाईखलक यूके र साहार यूकेबाट सहयोग संकलन गरेर पठाइने गरेको खुलाउनुभयो। गुरुङले आगामी फागुनमा आयोजना हुने १९ औँ श्रृखलाको पोखरा म्याराथनमा सहभागि हुन आउने जनाउनु भयो।
कार्यक्रममा नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाटले स्वागत मन्तब्य राख्दै परिचय सहित बिगत देखि १८ औँ श्रृखला सम्मको विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले पोखरा रंगशालाको सुरक्षाका लागि ठुलो प्रोजेक्ट पर्खाल निर्माण गरिएको र सो समयमा पनि युकेवाट ठुलो रकम सहयोग स्वरुप आएको स्मरण गराउनु भयो।

भूतपूर्व खेलाडि मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङले अहिले सम्म गरेको सहयोगको प्रसंसा सगैँ धन्यबाद ब्यक्त गर्नु भयको थियो। उहाँले आगामी दिनहरुमा पनि आर्थिक,भौतिक र नैतिक सहयोग लागि अनुरोध गर्नुभयो। कार्यक्रममा सह–कोषाध्यक्ष हरि बरुवाल,कार्यकारी सदश्यहरु दिनेशकुमार श्रेष्ठ,ओम बहादुर गुरुङ,बुद्ध गुभाजु,रमेश कुमार श्रेष्ठ,जुम बहादुर गुरुङ र डण्ड गुरुको सहभागिता रहेको थियो। 

यस बर्ष १९ औँ श्रृखलाको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ३ गते हुने भयको छ। भूतपूर्व खेलाडि मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष महेश पौडेलले गर्नुभएको थियो।
(साभार-समयनेपाल)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?