Monday November 04, 2024

लन्डनमा १५औं नेपाली मेला तयारी पुरा : प्रेषमीट सम्पन्न

३ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1242


लन्डनमा १५औं नेपाली मेला तयारी पुरा : प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम।
लन्डन। २५ अगस्त २०२४ आउंदो आइतबार लन्डनमा हुने नेपाली मेलाको १५ औं संस्करणको  मेला तयारी पूरा भएको छ। नेपाली मेलाको आयोजक तमुधिं यूकेले मिचेटस्थित आफ्नै भवनमा आज एक पत्रकार सम्मेलन गरि मेलाबारे जानकारी दिएको हो।२५ अगस्त २०२४ मा Kemton Park Race Course Middlesex TW16 5AQ मा मेला बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। मेलामा साढे ७ हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले मेला सबै बेलायतवासी नेपालीमा लक्षित भएकाले सहभागी भइदिन समस्त नेपालीमा अपिल गरेका छन् । यसपटक मेलामा केही फरकपन दिने लक्ष्य अनुरुप फरक झांकी,रुट,स्टेज आदि परिवर्तन गरिने बताएका छन। उहाले दूतावास,तमुर्धिं यूके र विभिन्न संघसंस्थाहरुको सहकार्यले मेलाले वृहत रुप लिइसकेको प्रेषमीटमा बताउनु भयको थियो।


मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले यसपटक मेलामा विभिन्न मौलिक झांकी र नृत्यका लागि बेलायतस्थित ४२ नेपाली संघसंस्थाहरुले सहभागिता जनाउने बताए ।उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गरी प्रथम हुने समूहलाई नेपाली राजदूतावास लण्डनले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरिने छ भने रनर अपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड, सर्टिफिकेट एवं मेडल प्राप्त गर्नेछ।यस्तै गरी झांकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउण्ड, रनरअपलाई ३०० पाउण्ड र सेकेन्ड रनरअपलाई २०० पाउण्ड नगद सहित सर्टिफिकेट एवं मेडल प्रदान गरिने योजना प्रेषमीटमा खुलाईएको थियो।एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्रदान गरिने समाचार प्राप्त भयको छ।


मेलामा नेपाली खाना,हस्तकला,पोशाक,गरगहना,खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका ५० वटा व्यापारिक स्टल रहने र स्टल बुक गर्ने समय रहेकोले अझ अरु बढ्ने आशा गरिएकोछ। मेलाले स्थानीय समुदायमा नेपालीकला,संस्कृति,रहन सहन र भेषभूषा दोश्रो पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखेको कुरा प्रस्तुतिका क्रममा कार्यक्रम संयोजक गुरुड्गले उल्लेख गरेका थिए।


कार्यक्रममा अर्को आकर्षणको रुपमा राफल ड्र मा ३००,२०० र १०० पाउण्डको पुरस्कार पनि समावेश छ। मेला हेर्न आउने १२ वर्षमाथिका वयस्कलाई ५ पाउण्ड,कार पार्किङ ५ पाउण्ड र १२ वर्ष मुनीकालाई निशुल्क प्रवेश व्यवस्था मिलाइएको छ।


आपतकालिन अवस्थामा प्राथमिक उपचार र सुरक्षा व्यवस्था मिलाइएको सो मेलाको महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए।कार्यक्रममा मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए भने तमुधिं यूके अध्यक्ष हरि गुरुड्ग र आमा समूहकी अध्यक्ष सन्धा गुरुड्गले सबै पत्रकारलाई मायाको चिनो प्रदान गरेका थिए।साथै कार्यक्रममा विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई तमुधिं यूकेले औपचारिक रुपमा स्वागत तथा सम्मान गरेको र नेपालबाट भर्खर लन्डन आइपुगेकी नेपाल प्रेस युनियनकी केन्द्रिय उपमहासचिव दिलिपाश्री अधिकारीलाई पनि सम्मान गरेको थियो।


सो अवसरमा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ,पूर्व अध्यक्ष एवम् एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ,पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ र नन्दजंग गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार सुर्य गुरुङ तथा आइसीसी सदस्यहरु लेफिटनेन्ट चन्द्रबहादुर गुरुङ र दिलरास गुरुङ,काउन्सिलर धनबहादुर सार्कीसहित तमुधिं यूकेका ट्रष्टीहरु, सल्लाहकारहरु,आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङ तथा पदाधिकारी,तमुधिं यूकेका इकाई समिति अध्यक्षहरु लगायत सहभागी थिए।

नेपाली मेलाको आयोजना तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा सन् २००९ देखि ‘हाम्रो संस्कृति, हाम्रो पहिचान,हाम्रो गौरव भन्ने नाराका साथ मेला गर्दै आएको छ।

प्रेषमीट कार्यक्रममा FNJ UK अध्यक्ष बिमला सेनी,पुर्व अध्यक्षहरु नविन पोखरेल, चिरन शर्मा,नरेस खपाड्गी,ध्रुबराज अर्याल,फोनिज युके अध्यक्ष बम बहादुर सुर्यबंशी मगर,लगायत बेलायतमा पत्रकारीतामा आबध्द २८ जना पत्रकारहरुको उपस्थितमा प्रेषमीट भब्य सम्पन्न भयको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?