Saturday February 04, 2023

बेजीङस्टक नेप्लीज कम्यूनिटीको तीजको दर खाने रमझम २०१८

२० भाद्र, २०७५ शीतलपाटीन्युज डटकम । 6032



शीतलपाटीन्युज डटकम।
सुधा गुरूङ ।
बेजिङ्गस्टोक, लण्डन। बेजीङस्टक नेप्लीज कम्यूनिटीको तीजको दर खाने कार्यक्रम गत आईतबार कार्नीभल हलमा भब्यताका साथ सुसम्पन्न भयो। बिभिन्न उमेर समुहका कुल १७५ दिदीबहिनीहरुको सहभागिता रहेको उक्त कार्यक्रम सांझको ५ देखी ११ बजे सम्म धुम धडाकाकासाथ चलेको थियो। तीज रमझममा क्याटरीङ्गको जिम्मा सदा झै गोर्खा किचनलाई दिइएको थियो भने कम्लीमेन्ट्री स्न्याक्स हामी आयोजक टीमकै संगीहरुले बनाएका थियौ, जसमा मिठो सेलरोटी मन राई र चित्रा थापाले  बनाएका थिए भने स्वादिष्ट अचार मनकुमारी राई, सुशीला गुरुङ्ग र सुधा गुरुङ्गले बनाएका थिए।  उपवास वाला दिदी बहिनीका लागी खीर सुशीला गुरुङ्गले साथै कृष्ण दिदी र तारा  दिदीले चोखो तरकारी बनाएका थिए।

शुरु देखी अन्त्यसम्म समाजकै स्थानीय डिजे संतोष गुरुङ्गको धमाकेदार तीजका गीत लगायत हिन्दी नेपाली गीतहरुमा दिदीबहिनीहरुले भरपूर मनोरंजन लिए। सो को अलावा यसपटक नेपालको ख्याती प्राप्त लोक दोहोरी गायिका कल्पना श्रीपालले, घरमा पराल बारीमा बन्सो...के छ त नि संचो र बिसंचो/ गलकोटे साईला आदी चर्चित गीतहरुकी गायिकाको लाईभ प्रस्तुतीबाट झनै थप मनोरंजन भयो।

कार्यक्रमको मध्यमा र्‍याफल ड्र पनि गरिएको थियो। जसका पुरस्कारहरु प्रायोजन पनि दिदी बहिनीहरुद्वारा नै गरिएको थियो। पहिलो पुरस्कार स्वरुप ५० पाउन्ड मनका धनी गोर्खा किचनका प्रोपराईटर भिम गुरुङ्गले गरेका थिए। भिम भाइलाई  हार्दिक धन्यबाद। अन्य पुरस्कारका प्रायोजक तृष्णा राई, ईन्द्र (उर्मिला) गुरुङ्ग, सुशिला गुरुङ्ग, चित्रा थापा, पूनम गुरुङ्ग, चन्द्र गुरुङ्ग, ईन्द्र ( ऊमा )गुरुङ्ग, तारा राई र सरला शाही थिए। सबैलाई एक मुष्ट धन्यबाद।
कार्यक्रमका लागी हामीलाई पानी र ड्रीन्क्स प्रदान गरेर सहयोग पुराउनुहुने क्याप्टेन भक्त लिम्बु दाइ र ईन्द्र दिदि (२ केस सफ्ट ड्रीन्क), बिएनसी गोर्खा ग्रोसरीका म्यानेजिङ्ग डायरेक्टर बल थापा दाइ (२ केस पानी) र BNC अध्यक्ष ॐ गुरुङ्ग (१ केस सफ्ट ड्रीन्क र १ केस पानी) भाइलाई हार्दिक धन्यबाद ।

हामीले हरेक बर्षको तीजबाट संकलित रकम नेपालका कुनै न कुनै संघ संस्थालाई प्रदान गर्ने गर्दथ्यौ भने यो पटक खर्च कटाएर बचेको रकम आफ्नै लेडिज फन्ड दरिलो बनाउने हेतुले आफ्नै ढुकुटीमा संचय गर्ने निर्णय लिएका छौ! बिगतका बर्षहरुमा पोहोर साल राधा फाउन्डेशन ( फाउन्डर प्रेसिडेन्ट राधा पौडेल) र तनहुंमा मन्दीर निर्माणार्थ र सन २०१६ मा धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग पुराइएको थियो।

यसरी रात्रीको ठिक ११ बजे डिजेले बाजाको ताल बन्द गरे पछि दिदी बहिनीहरुलाई बिदा गरि वरि, हलको साफसफाई र थन्को बन्को मिलाएर हामी आयोजक टिम पनि छुट्टियौ!
कार्यक्रमको शुरुको तैयारी र अन्तको साफ सफाईमा हामीलाइ सघाउनुहुने BNC अध्यक्ष ओम भाइ, पूर्व अध्यक्ष पन्चबीर राई दाई, बसन्त घोताने दाइ, पान्डव सुनुवार दाइ, नर लिम्बु भाई, रामकुमार दुमी भाइ, बल थापा दाइ, सोम चाम्स भाइ, बि एन सी यूथ टिमका सकृय बाबुहरु सौगात गुरुङ्ग, क्रीष श्रेष्ठ र सुबास पुन लगायत बि एन सी क्यामेरा मेन हिमाल बाबुलाई पनि हार्दिक धन्यबाद!

अन्तमा बिएनसीका बिउटीफुल आदरणीय आमाहरु, दिदी बहिनीहरु र छोरी बुहारीहरुलाई बिशेष धन्यबाद ज्ञापन गर्न चाहन्छौ....जसको गरिमामय उपस्थितीले तीज रमझम मा रौनक थपियो र कार्यक्रम भब्यताका साथ सुसम्पन्न गर्न सफल भैयो...??
त्यत्ती हो... दिदी बहिनीहरुले अग्रीम टिकट बुकिङ्ग नगरी खाना अर्डर भै सके पछि लास्ट मिनट डट कममा टिकट खोज्ने प्रबृतीले अलिकती अप्ठ्यारो स्थितीको सृजना भएको थियो तर धन्य! गोर्खा किचनको भिम भाइकै खाना भएकोले हामीलाई नपुग्ला भन्ने टेन्शनै भएन...भाइले पनि दिदी बहिनीहरुको बढ्दो चाप देखे पछि गाह्रो नमानी फेरि अल्डरशट गै थप खाना ल्याएर सबैलाई हासी खुशी खुलाउनु भएकोमा मुरी मुरी धन्यवाद!
लौ त हजुर हो अर्को सालको तीजमा सहभागी हुनलाई आजबाट आफ्नो लागी एक दिन छुट्याऔ अनि बर्ष दिनमा एक पटक आउने हामी महिलाहरुको एक मात्र चाडमा रमाईलो गरौ...??

अन्तमा स्वदेश लगायत संसारभर छरिएर बस्नुभएका सुन्दर नेपाली नारीहरुमा तीजको हार्दिक शुभकामना!????

सुधा गुरुङ्ग
बि एन सी तीज कोअर्डिनेटर
??



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?