Thursday March 20, 2025

एनआरएनए अध्यक्ष डा बद्री केशीलाई स्कटलैण्डमा भब्य स्वागत

१५ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1295


एनआरएनए अध्यक्ष डा बद्री केशीलाई स्कटलैण्डमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।
स्कटलैण्ड। यही २९ अगस्त २०२४ को दिन गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई स्वागत गर्दै गैरआवासीय नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघको विधान संशोधन,निर्वाचन प्रणाली,संस्था दर्ता तथा सदस्यताको शुद्धीकरण र संस्थागत संरचनामा परिवर्तन जस्ता तमाम बिषयमा बहस कार्यक्रम सम्पन्न गर्यो।

 

गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई ज्ञापनपत्र बुझाएको थियो भने यस ज्ञापनपत्रमा समाबेश गरिएका बिषयमा स्कटल्याण्ड निबासी ब्यक्तित्वहरू बिदुर खत्री,तारानाथ भण्डारी,मोती खरेल,मोहन कार्की लगायत धेरैले यस बिषयमा आफ्नो राय सुझाब राख्नु भएको थियो।

स्कट्ल्याण्ड मा रहेका सम्पुर्ण सङ्ह सस्थाका प्रतिनिधि सहित स्थानिय वाशीहरुको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमको सन्चालन एनआरएन स्कट्ल्याण्ड राज्य परिषदका सचीव राम प्रसाद कन्डेलले सन्चालन गरेका थिए भने अध्यक्ष दीवाकर पाण्डेको अध्यक्षता भयको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?