Friday February 07, 2025

फानबोरो साई सेन्टर र शिव मन्दिर अलडरसटबाट कैलाश मानसरोवर यात्रा

२३ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1154


फानबोरो साई सेन्टर र शिव मन्दिर अलडरसटबाट कैलाश मानसरोवर यात्रा

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा बसोबास गरेका साई धर्माबलम्बी युके र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका नेपालीहरुले कैलाश मानसरोवरको यात्रा तय गरेको समाचार छ। 


साई सेन्टर फानबोरो युकेकी सुस्मा गुरुड्ग संयोजक रहेको उक्त यात्रा टीममा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्टराई समेतले यो यात्रा तय गरेको हो।यो समुहले मानसरोबर शिव भगवानको जन्मस्थल रहेकोले यो स्थानको तिर्थाटन गरिएको हो। यो पवित्र स्थलमा हिन्दु धर्माबलम्बीहरुले तय गर्ने यात्रा कम्तिमा ५ जनाको समुह हुनु पर्ने नियम रहेको छ।

कैलाश मानसरोवर यात्रा धेरै जाडो हुने भएका कारण यस्को यात्रा आयोजना हरेक वर्ष जूनबाट शुरु गरेर सेप्टेम्बर महिनासम्म मात्र यात्रा गरीन्छ। यो ठाउमा पुग्न दुईवटा मात्रै बाटो छ। लिपुलेख उत्तराखंड भएर र रतथा नाथू-ला दर्रे बाट सिक्किम भएर।

कैलाश मानसरोवर यात्रा आफ्नो धार्मिक मूल्य र  सांस्कृतिक महत्त्वका कारण जाने गरीन्छ। यो कैलाश पर्वत पवित्र मानसरोवर तालको हिन्दू धार्मिक मान्यताको एउटा अटूट हिस्सा मानिएको छ।कैलाश पर्वत भगवान शिवको निवास स्थान मानिन्छ। यहाँबाट लगभग २० किमी टाढा नीलो-हरीयो रंगको मानसरोवर ताल लगभग १५,०१५ फिटको ऊंचाईमा अबस्थित छ। यो स्थान बौद्ध र जैन धर्मका अनुयायिका बीच बहुत महत्त्वपुर्ण धार्मिकस्थल मानिन्छ। गतबर्ष भारत भ्रमण गरेको यो समुहले चीनको मानसरोबर तिब्बतमा गर्दैछ भने भविष्यमा पनि निरन्तरता दिने कुरा अध्यक्ष भट्टराईले बताउनु भएको छ



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?