Wednesday June 18, 2025

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली रहेनन

२३ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1427


सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली रहेनन

शीतलपाटीन्युज डटकम।
लन्डन। सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ।
लामो समयदेखि फोक्सोको रोगबाट पीडित थकालीको शनिबार निधन भएको सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी गराएका छन्। 

बिक्रम थकालीका अनुसार राजमाननको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको हो। ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन्। उनको नेपालमा पोखरा ८, नागढुंगामा घर छ।

पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित मिमाअस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अष्ट्रेलियामै बसोबास गर्दै आएका थिए। 
फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अष्ट्रेलियामा विस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष भइ सेवा गर्दै आएका थिए ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?