Friday February 07, 2025

प्रबासी नेपाली मंच यूकेको दक्षिण पुर्व इलाका कमिटि अध्यक्षमा राममाया बिष्ट निर्वाचित

२४ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1159


प्रबासी नेपाली मंच यूकेको दक्षिण पुर्व इलाका कमिटि अध्यक्षमा राममाया बिष्ट निर्वाचित

शीतलपाटीन्युज डटकम।
लण्डन। प्रबासी नेपाली मंच (ओएनएफ) यूकेको दक्षिण पुर्व (साउथ इस्ट) इलाका कमिटि अध्यक्षमा राममाया बिष्ट निर्वाचित भएकी छिन्। आइतबार साउथ इस्टस्थित वीलवुचमा आइतबार सम्पन्न छैठौ अधिवेशनले १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
साउथ इस्टमा बिष्ट पहिलो महिला अध्यक्ष हुन। यसअघि पुरुषहरु नै अध्यक्ष भएका थिए। उपाध्यक्षमा करुणा हमाल, सचिवमा जीबिका नहर्की, उपसचिवमा राजेन्द्र लम्साल तथा सदस्यहरुमा रत्ना हमाल शाही,लिलाराम सापकोटा, सन्तोष गिरी,अनिस थपलिया, नबिन भट्ट,थर्क सिंह खड्का, किरण अधिकारी र मनिषा खड्का छन। तीन जना सदस्य पछि कार्यसमितिले थप गर्नेछ। नव निर्वाचित अध्यक्ष बिष्टसहित कार्यसमिति लाई ओएनएफ अन्तरराष्ट्रिय कमिटिका उपसचिव तथा अधिवेशनका प्रमुख अतिथि कर्ण शाहीले सपथ ग्रहण गराएका थिए।
निर्वाचन समिति संयोजक केदार थपलियाले सम्पुर्ण कार्यसमिति सर्वसम्मत भएको जानकारी अधिवेशनलाई गराए। निर्वाचनका लागि संयोजक थपलिया तथा सदस्यद्वय ओएनएफ यूके उपाध्यक्ष डा मुकुन्द बास्तोला र सचिब पुण्य रेग्मी भएको समित गठन गरिएको थियो।
यसैबीच,अध्यक्ष बिष्टले निर्वाचित भए लगत्तै सबै सँग हातेमालो गरेर अघि बढने प्रतिबद्धता जनाइन्। नवनिर्वाचित कार्यसमितिलाई ओएनएफ अन्तरराष्ट्रिय कमिटि सदस्य कल्पना त्रिपाठी,उपसचिव कर्ण शाही र ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले शुभकामना दिएका थिए।
यसअघि,निवर्तमान अध्यक्ष अर्कराज तिमल्सिनाले विगतमा गरेका काम र आगामी दिनमा गर्न सक्ने कामका बारेमा सुझाब दिए । सचिव पंकज बजगाईले कार्य प्रगति विवरण पेश गरेका थिए। उक्त प्रतिवेदन सर्वसम्मत ढंगले पारित भएको थियो। अधिवेशनमा पुर्वअध्यक्ष दिनेश घिमिरे,ओएनएफ अन्तरराष्ट्रिय कमिटि सल्लाहकार विनोद ज्ञवाली, उपाध्यक्षद्वय डा.मुकुन्द बास्तोला,सुरेश जंग शाहलगायतको अधिवेशनमा उपस्थिति थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?