२४ भाद्र, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। यहाहरु धेरैलाई थाह होला,हाम्री पूज्य श्री चन्द्रकला सखीज्यू नेपालवाट पशुपतिनाथ मन्दिर प्रांगणमा आयोजना भएको कोटीहोममा श्रीराम कथा वाचनका लागि आयोजक मानव सेवा फाउन्डेसनले गरेको निमन्त्रणालाई स्वीकार गरेर वेलायतवाट केहि समय अघि काठमाण्डौ जानु भएको थियो। त्यो विशाल जनसागरले भरि भराउ कोटीहोममा श्रीसखीज्युले गरेको आकर्षक प्रस्तुतिवाट नेपाल र नेपाली मात्र होइन विश्वको सनातन समुदाय नै गर्व गर्दछ भन्ने कुरा श्रीसखीज्युलाई विभिन्न संघ संस्था र नागरिक समाजहरुले गरेको भव्य अभिनन्दनवाट स्पष्ट भैसकेको छ।
सायद भनिरहनु नपर्लाकि बहूभाषिक अन्तर-राष्ट्रिय कथा वाचिका श्रीसखीज्यू नेपाल आमाकी एक सुयोग्य सुपुत्री हुनुहुन्छ,जसले सानो उमेरमै आफ्नो धर्म, संस्कार, संस्कृति, राष्ट्र र राष्ट्रियता सम्बन्धि गरेको जागरणका लागि देश-विदेशमा ख्याति कमाइसक्नुभएको छ। उहाँ अनन्त श्री विभूषित,अध्यजगदगुरु श्रीमद् रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाकि कृपा पात्र त हुनुहुन्छ नै, साथै आज विश्व भरिकै सन्त सिरोमणि भारत अयोध्याका अनन्त श्री विभूषित परमपूज्य परम्बन्दनिय श्री नृत्यगोपालदास महाराज ज्यूकि नातिनी शिष्य पनि हुनुहुन्छ।
साथै,उहाँ विश्वभर रहेका युवा वर्गलाई अन्तर-राष्ट्रिय आञ्जनेय युवा क्लबको अध्यक्षको हैसियतले आफ्नो धर्म,संस्कार,संस्कृति,राष्ट्र र राष्ट्रियता सम्बन्धि जागरण ल्याउन काम गरिरहने पहिलो व्यक्तित्व पनि हुनुहुन्छ। माथि भने झैँ उहाँले हालै मात्र नेपालको पशुपतिनाथमा आयोजित कोटिहोममा नव दिवसीय श्री रामकथाको आकर्षक वाचन गरी अपार सफलता हासिल गरिसक्नु भएको सन्दर्भमा अब बेलायतमा पनि वहाले आफ्नो धर्म-संस्कृतिको लगातार जागरण गरिरहनु हुने छ।
यसको तत्काल सुरुवात गर्न संघारमै आइसकेको नवरात्रको पावन अवसरमा महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमीले श्रीसखी ज्यूकै वाचनमा श्रीरामकथाको भव्य कार्यक्रम आयोजना गर्ने भएको छ। इच्छुक सबै महानुभावहरुलाई हामी अहिले देखि नै कथा सुन्न निमन्त्रणा गर्दछौ। यसको बिस्तृत जानकारी केहि पछि हामी सार्बजनिक गर्ने छौ।
सखी ज्यूको बारेमा थप प्रकास पार्नु पर्दा सनातन धर्म र संस्कृतिको जागरणका लागि श्री सखी ज्यूले बेलायतमा गुरुकुलको पनि सञ्चालन गरी विभिन्न स्थानहरूमा युवा र बालबालिकाभित्र सचेतना जगाइरहनु भएको छ। सचेतना कार्यक्रम भित्र राम-नाम संकीर्तन,हिमालयन सिद्ध महायोग साधना र लघु-कथा-वाचन पनि समेटिने हुनाले गुरुकुल अध्यापन कार्यक्रम जन-जनको आत्मकल्याणसंग सम्बन्धित छ। यो अभियान परमपूज्य, परम्बन्दनिय,प्रातस्मरणीय श्रीसद्गुरुदेव जगदगुरु महायोगी सिद्धबाबाको असिम कृपाका साथ् तीव्र रूपमा अघि बढिरहेको छ।
यस्ती कर्मशील नेपाल आमाकी सुपुत्रिलाई वहाले पुर्याएको योगदान प्रति आभार र कृतज्ञता ब्यक्त गर्दै महयोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमी तपाइलाइ वेलायतमा फेरि पनि स्वागत गर्दछ। यहाँ श्रीसखीज्यूको स्वागत गर्न उपस्थित सबै महानुभावहरु र पत्रकार साथीहरुलाइ धन्यबाद अर्पण गर्दै आभार पनि व्यक्त गर्न चाहन्छौ। श्रीसद्गुरुदेव जगदगुरु महायोगी सिद्धबाबाको कृपाले सबैको जय होस्।
जय श्री सिताराम!