Saturday March 22, 2025

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ ले सम्मान गरिदै

२८ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1264


लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ ले सम्मान गरिदै

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ को व्यापक तयारी भएको छ ।सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले अवार्ड गर्न लागेको हो । बिहीबार सांझ लन्डनमा आयोजित पत्रकार भेटघाटमा यती अध्यक्ष पिपला देवानले नेपाली चलचित्र उद्योगको प्रवर्धन एवं कलाकारहरुलाई प्रोत्साहन गर्न बेलायतमा पहिलो पटक उत्कृष्ट स्तरको अवार्ड वितरण गर्न लागिएको बताउनु भएको हो।

यही १४ सेप्टेम्बर शनिबार लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा हुन लागेको अवार्ड कार्यक्रममा भाग लिन कलाकारहरु भुवन केसी,अनमोल केसी,केकी अधिकारी, जसिता गुरुङ,मिरुना मगर,जिया केसी, सुशान्त खत्री,मलिना जोशी,गरिमा शर्मा, शिल्पा मास्के आदि लन्डन आइसकेका छन् भने करिब दुई दर्जन (२२ जना) कलाकार लन्डन आउने क्रम जारी रहेको आयोजकले जनाएका छन्। 


अवार्डमा कुल ५६ वटा नेपाली चलचित्रबाट उत्कृष्ट छानेर १६ विधामा अवार्ड दिइने आयोजकको भनाइ छ। वरिष्ठ कलाकारहरु सुनिल थापा,गौरी मल्ल र उज्वल घिमिरेको एक जुरीले ति फिल्म २६ दिन लगाएर मूल्यांकन गरेको पनि यती आयोजकको जनाएको छ।

यति नेपाली एसोसिएसन युकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा ग्रीनफोर्ड हलमUB6 9QN मा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुनेछ। सांझ ५ देखि शुरु हुने कार्यक्रम हेर्न प्रवेश शूल्क साधारण ४०,भीआईपी ५० र भीभीआईपी १०० पाउन्ड टीकटको ब्यवस्था गरीएको छ ।

नेपाली चलचित्र उद्योग, कलाकार र कला संस्कृतिलाई प्रवर्धन प्रोत्साहन गर्ने आशा व्यक्त गरे। यस्ता कार्यक्रमको निरन्तरताले भविष्यमा लन्डन नेपाली फिल्मको मुख्य बजार बन्न सक्ने उनको अपेक्षा थियो।


उत्कृष्ट बनाउने लक्ष्यसहित गर्न लागिएको कार्यक्रमको शुभकामना दिंदै केसीले यूकेवासी नेपालीलाई १४ सेप्टेम्बरको कार्यक्रममा आइदिन अपिल पनि गरे।
नायिका मिरुना मगरले आफू अहिलेसम्म अवार्ड कार्यक्रममा भाग नलिएको बताउंदै यती अवार्ड निष्पक्ष र उत्कृष्ट हुने विश्वास व्यक्त गरिन्।
प्रमुख प्रायोजक माया इभेन्ट्स र माया सपोर्टेड लिभिङका निर्देशक एवं यती स्पोर्टस् सेक्रेटरी राज पाण्डेले आफूहरुले धेरै दुःख गरेर कार्यक्रम आयोजना गरेको जनाउंदै प्रायोजनले मात्र कार्यक्रम सफल नहुने भएकाले सबै दर्शकहरुलाई इभेन्ट हेर्न आइदिन अनुरोध गरेका छन।


नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार,कलाकार,निर्माता,निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन लागि कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ। अवार्ड कार्यक्रम भव्य,सभ्य,मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान,पूर्वअध्यक्ष उमेशराज मोक्तान,महासचिव टंक भट्टराई, उपमहासचिव आशीषराज पन्त,कोषाध्यक्ष पुण्य खतिवडा खटिरहेका छन् भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष,मनोज केसी महासचिव,मोहन श्रेष्ठ सचिव,प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेको आयोजकले जनाएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?