Friday February 07, 2025

द गोर्खा सेन्टरले आयोजना गर्यो रमाइलो “समर बार्बेक्यु पार्टी”

२९ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1202


द गोर्खा सेन्टरले  आयोजना गर्यो रमाइलो “समर बार्बेक्यु पार्टी”

GNNNEWS-
लन्डन - बेलायतमा कार्यरत सामाजिक संस्था, द गोर्खा सेन्टर, ले  गत सप्ताहान्त हेजस्थित आफ्नै कार्यालयको बगैंचामा रमाइलो 'समर बार्बेक्यु पार्टी' आयोजना गरेको छ।
कार्यक्रममा चर्चित शेफ तथा द गोर्खा सेन्टरका ब्रान्ड एम्ब्यासडर बिनोद बरालको रेखदेख र निर्देशनमा  बार्बेक्यु तयार गरिएको थियो ।  
कार्यक्रममा गायिका तयाहंग्मा राइले  लोकप्रिय गीतहरु सुनाएकी थिइन्  ।
 
कार्यक्रममा पश्चिम लन्डनमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिक, तिनका परिवार तथा नेपाली समुदायका सदस्यहरुको  उत्साहजनक उपस्थिति थियो।  
बार्बेक्यु पार्टीमा डिपार्टमेन्ट अफ वर्क्स एंड पेंसंसको लन्डनस्थित आर्म्ड फोर्सेज च्याम्पियन  तथा भेट्रान्स एडभाइजरी एण्ड पेन्सन्स कमिटीका अध्यक्ष  पनि सहभागी भएका थिए ।  त्यस्तै   एचएसबीसी बैंकको स्थानीय शाखाका कर्मचारी पनि सहभागी भएका थिए।  द गोर्खा सेन्टरले सिफारिस गरेको आधारमा एचएसबीसी बैंकले सैयौं  भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारजनको खाता खोली दिएको छ।  
 
"स्थापनाकाल देखि नै हामीले भूतपूर्व गोर्खा सैनिक तथा उहाँका परिवारका लागि सक्दो सेवा गर्दै आएका छौं।  भूतपूर्व गोर्खा सैनिक लगायत पश्चिम लन्डनमा बसोबास गर्ने सबै नेपाली समुदाय तथा नेपालका मित्रहरुलाई एकै थलोमा भेला गरेर रमाइलो गर्ने, खानपिन गर्ने, हामीलाई स्थापनाकालदेखि नै सहयोग गर्दै आउनु भएका स्वयम्सेवी तथा संस्थाहरुलाई धन्यवाद दिने  र सामुदायिक भावनालाई अरु बलियो बनाउने उद्देश्यले हामीले बार्बेक्यु पार्टी आयोजना गरेका हौँ," द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामांगले भने।
 
उनले बार्बेक्यु पार्टीका  प्रायोजक, स्वयम्सेवक तथा पाहुना लगायत सहभागी सबैलाई  हार्दिक धन्यवाद पनि दिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?