Sunday October 06, 2024

शिव शक्ति क्याम्पस पोखरा-११,कास्कीको ३२औं वार्षिकोत्सव एवं १६ औं वार्षिक साधारण सभा भब्य

३० भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1059


शिव शक्ति क्याम्पस पोखरा-११,कास्कीको ३२औं वार्षिकोत्सव एवं १६ औं वार्षिक साधारण सभा भब्य

शीतलपाटीन्युज डटकम।

पोखरा।शिव शक्ति क्याम्पस पोखरा-११,कास्कीको ३२औं वार्षिकोत्सव एवं १६ औं वार्षिक साधारण मिति २०८१/०५/२७ मा शिव शक्ति क्याम्पसको सभाहल फूलवारीमा एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ। क्याम्पस संचालक समितिका अध्यक्ष टुवराज वास्तोला “विशाल” को सभापतित्वमा संचालित सो कार्यक्रमको एक भव्य समारोहका विच गन्डकी प्रदेशका सामाजीकयुवा तथा खेलकुद मन्त्री मा.विन्दु कुमार थापाले उद्घाटन गर्नु भयको थियो। 


मन्त्री थापाले देशको शैक्षिक गुणस्तरमा थप सुधारको खांचो औल्याउदै शिव शक्ति क्याम्पसको शैक्षिक  गुणस्तर सुधार र विकाशमा आफ्नो मन्त्रालयवाट आफ्नो क्षेत्रको यो क्याम्पसलाई सक्दो उच्च तहको महत्वपुर्ण र उल्लेखनिय सहयोग गर्ने वचनवद्दता प्रदान गर्नु भयो। यसै गरी विशेष अतिथिहरू वडा नं ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य, नेपाल सरकार ग.प्र. पुर्व सचिव हरि प्र.वास्तोला,एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी अतिथिहरू-जनप्रिय क्याम्पसका अध्यक्ष विरेन्द्र नारायण विजुक्छे, कन्या क्याम्पसका अध्यक्ष शिवलाल मल्ल,शिव शक्ति मा वि का प्राचार्य शम्भुराज वास्तोलाले क्याम्पसले गरेका उत्कृष्ट शैक्षिक गतिविधिहरूको वारेमा मुक्त कन्ठले प्रशंसा गर्दै आफुहरू क्याम्पससॅग सहकार्य गरेर अगाडी वढन ईच्छुक रहेको वताउनु भयो। क्याम्पस संचालक समितिका अध्यक्ष टुवराज वास्तोला “विशाल”ले  स्वागत र वार्षिक योजना सहित अध्यक्षिय मन्तव्य र क्याम्पस प्रमुख प्रा.चन्द्रकान्त रेग्मीले वार्षिक प्रगति प्रतिवेदन,लेखा परिक्षण प्रतिवेदन र अक्षयकोषलाई व्यवस्थित गर्ने नियम विनियम पेस गर्नु भएकोमा सो उपर छलफल भई सर्व सम्मत पारीत भएको थियो। 

क्याम्पसमा अध्यनरत गरिव तथा जेहेन्दार विध्याथीलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यले संचलक समितिका अध्यक्ष टुवराज वास्तोला विशाल र धर्म पत्नि कमला वास्तोलाले आफ्ना स्व.पितामाता ओमनाथ र पवित्रा वास्तोलाको स्मृतिमा रू १०१,०००/-रूपैया राशीको अक्षय कोष स्थापना गरिदिनु भएको थियो। यसैगरी अर्का संचालक स.सदस्य विश्वराज वास्तोला र धर्म पत्नि माधवी वास्तोलाले आफ्ना स्व.पिता पिताम्वर शर्मा वास्तोलाको स्मृतिमा रू १०१,०००/-रूपैया राशीको अक्षय कोष स्थापना गरिदिनु भएको छ। सो अवसरमा गरिव तथा जेहेन्दार छात्र छात्राहरूलाई नगद तथा पुरस्कार समेत प्रदान गरिएको थियो। सो अवसरमा क्याम्पसद्वारा प्रकाशित ऐतिहासीक रंगीन शिव शक्ति क्याम्पस स्मारिकासमेत विमोचन भयो।

निवर्तमान स.क्याम्पस प्रमुख रमेश थापाले संचालन गर्नु भएको कार्यक्रममा पि एच.डी गर्नु भएका डा. गणेश शर्मा र क्साम्पसमा १० वर्ष भन्दा वढी सेवा गर्नु भएका प्राध्यापकहरूलाई सम्मान गरिएको थियो भने विद्यर्थीहरूद्वारा विविध र रमाईला सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरीएको थियो। 
कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि,अतिथिज्यहरू आदरणीय संस्थापक सदस्यज्यूहरू,संस्थापक सञ्चालकज्यूहरू,सल्लाहकारज्यूहरू,पूर्व अध्यक्षज्यूहरू, सञ्चालक समितिका सदस्यज्यूहरू,संस्थापक शिक्षकज्यूहरू,छात्रवृत्तिकोषका संस्थापकज्यूहरू,मानार्थ,संरक्षक,विशिष्ट सदस्यज्यूहरू,आजीवन सदस्यज्यू एवं सिनेटरज्यूहरू,, प्राध्यापकज्यूहरू,साधारण सदस्यज्यूहरू,पत्रकारज्यूहरु समेतको वाक्लो उपस्थिति रहेको थियो। 

उहांहरू सम्पुर्णमा सक्रिय सहभागीता सहितको महत्वपुर्ण राय सल्लाह र सुझावको लागी क्याम्पस परिवारले हार्दिक धन्यवाद र आभार प्रकट गरेको कुरा टुवराज बास्तोला “विशाल” अध्यक्ष एवं शिव शक्ति क्याम्पस संचालक समिति परिवार पोखरा-११, फूलवारी , कास्कीले जनाउनु भएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?