Sunday October 06, 2024

बेलायतको बेजिड्गस्टकमा नेवारी समुदायले ८ औं तः नेवा मुना भब्य आयोजना गर्यो

३१ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1105


बेलायतको बेजिड्गस्टकमा नेवारी समुदायले ८ औं तः नेवा मुना भब्य आयोजना  गर्यो

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतमा नेवारी समुदायले ८ औं तः नेवा मुना आयोजना गरेको छ।प्रत्येक दुई बर्षमा हुने यो बृहत् नेवारी भेला पासा पुचःगुथि यूके रेडिङ च्याप्टरको संयोजनमा शनिबार बेजिङस्टोकस्थित अल्डवर्थ स्कुल हलमा कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रममा बेजिङस्टोकका मेयर काउन्सिलर डान पट्टी लगायत स्थानीय सरकारका प्रतिनिधि , प्रहरी प्रमुख र नेपाली जातीय संघसंस्थाका प्रतिनिधिहरु गरि करिब ४५० जना सहभागी थिए। उक्त कार्यक्रममा नेवा: समुदायका प्रमुख देव-देवी कुमारी, बाराही, भद्रकाली, महाकाली र विन्ध्यावासिनी देवीका  ५ वटा रथ यात्राका साथै प्रदर्शन गरिएका रथहरु जुधाउने जात्रा (ख: ल्वाखेउ) गरिएको थियो। 


सो अवसरमा मन्जुश्री, कुमारी, लाखे, भैरव गण नाच, धिमे प्याखं, हु:ला प्याखं आदि प्रस्तुत गरिएको थियो भने ६ वटा बाजा टोलीले धिमे बाजा,धॉ: बाजा, खिं:बाजा जस्ता विभिन्न तीन दर्जन बाजा प्रस्तुत गरेर माहोल रोमाञ्चक बनाएको थियो। कार्यक्रममा  नेवारी महिलाले लगाउने पोषाक हाकु पटासीमा सजिएका रेडिङ च्याप्टरका मैजु समूहले प्रस्तुत गरेको धिमे नाचले सबैको ध्यान खिचेको थियो । नमस्कार ईभेन्टस्ले ईन्टेरियर डेकोरेशन द्वारा सु सज्जित कार्यक्रम स्थल र कमल किचनद्वारा तैयार पारेको नेवारी स्वादका खानाले आफु नेपालनै भएको महशुस गरेका सहभागीहरूले बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले पासा पुचः गुथि यूकेले बेलायतमा नेवा कला संस्कृति, परम्परा, भाषा, वेषभूषा आदि जगेर्ना र प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको जनाउंदै ति कुरा दोश्रो पुस्तामा हस्तान्तरण गर्दै लैजाने संस्थाको काम सरहानीय भएको बताइन्।


पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशिल प्रजापतिले धन्यवाद दिंदै गुथिले बेलायतमा नेवारी कला, संस्कृति स्थापित गर्ने प्रयास गरिरहेको बताए । उनले नेपालबाट प्रेरणा लिएर बेलायतमा आफ्नै मौलिक तरिकाले चाडपर्व मनाउन शुरुवात गरिएको बताए ।प्रजापतिले बेलायतमा जन्मे हुर्केका दर्जनौं बालबालिकालाई नेवारी बाजा र नाचमा प्रशिक्षण समेत दिइएको जनाए । उनले यो वीन्टरमा बांसुरी बाजा प्रशिक्षणको योजना समेत रहेको सुनाए ।


होष्ट कोअर्डिनेटर दिव्य महर्जनले यस्तो भव्य कार्यक्रमको संयोजन गर्न पाऊदा आफुले भाग्यमानी महशुस गरेको र जात्रामा प्रयोग भएका रथहरु नीर्माणमा सहभागि गुथि सदस्यहरु , सॉस्कृतिक प्रदर्शनीमा सहभागि बाल बालिका लगायत , नेवारी खाना तैयारी गर्ने सदस्यर सहभागी सबैप्रति आभार व्यक्त गरे ।

पासा पुचः गुथि यूके सल्लाहकार यादव श्रेष्ठले बिदेशमा रहेका बिभिन्न संघ संस्थाहरू द्वारा आयोजित यस्ता मौलिक संस्कृति प्रबर्धन गर्ने कार्यक्रमले मातृभूमि प्रति सद्भाव जगाई राख्ने र भावी सन्ततिहरुमा पनि यस्ता अमुल्य शिप र कला प्रशिक्षणमा सहयोगी हुने जानकारी दिए ।


विभिन्न व्यक्तित्व र विद्यार्थी सम्मानित:

कार्यक्रममा विभिन्न व्यक्तित्व र विश्वविद्यालयबाट ग्रयाजुएसन गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको छ।

गुथिका संस्थापक अध्यक्ष महन्त श्रेष्ठलाई बेलायतका राजाबाट ओबीइ सम्मान प्राप्त भएकामा बधाइसहित सम्मान गरिएको थियो । त्यस्तै बेलायतमा रहेर विगत २५ वर्षदेखि नेवारी मौलिक लाखे नाच प्रस्तुत गर्दै आएका विनोद चिपालुलाई पनि सम्मान गरियो।


पासा पुचः गुथि रेडिङका संस्थापक अध्यक्ष राजेन्द्र श्रेष्ठलाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। समुद्घाटन कार्यक्रम गुथिका सचिब नगेन्द्र श्रेष्ठले सन्चालन गरेका थिए भने सॉस्कृतिक कार्यक्रम रिडिंग च्याप्टरका सदस्य द्वय रबीन्द्र श्रेष्ठ र मन्जिला श्रेष्ठले मनोरंजन पूर्बक संचालन गरेका थिए। यसै क्रममा गुथिका निवर्तमान अध्यक्ष ओजेश डंगोलले लन्डन लाखे पुस्तक प्रकाशित गरेर नेवारी संस्कृतिको प्रवर्धन गरेकामा उनलाई पनि सम्मान प्रदान गरिएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?