Thursday March 20, 2025

पत्रकार महासंघ यूके शाखाको उजुरीपछि काउन्सिलले सचेत गरायो नेपालब्रिटेन डटकमलाई

१० आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1307


पत्रकार महासंघ यूके शाखाको उजुरीपछि काउन्सिलले सचेत गरायो नेपालब्रिटेन डटकमलाई

शीतलपाटीन्युज डटकम।
लन्डन । नेपाल पत्रकार महासंघ,युके शाखाले उजुरी गरेपछि नेपालब्रिटेन डटकमलाई प्रेस काउन्सिल नेपालले सचेत गराएको समाचार छ। 
 
तथ्यहीन र भ्रामक समाचार सामग्री प्रकाशित/प्रसारण गरेको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै काउन्सिलले बुधबार नेपालब्रिटेन डटकमलाई समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न भनेको छ। यस्तै काउन्सिलले सम्प्रेषित सामग्रीका सम्बन्धमा आएका खण्डन एवं प्रतिक्रियालाई स्थान दिई तीन दिनभित्र जानकारी गराउन समेत उक्त अनलाइनलाई भनेको छ ।   
 
काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले लेखेको पत्रमा भनिको छ, 'अतः सम्प्रेषित सामग्रीका सम्बन्धमा सम्बन्धित पक्षबाट पेस भई आएको खण्डन एवं प्रतिक्रियालाई स्थान दिइ ३ दिनभित्र काउन्सिललाई जानकारी गराउन निर्देशानुसार सूचित गरिन् ।'
 
पत्रको अगाडि भनिएको छ, 'पत्रकार तथा सञ्चार माध्यमले सत्य,तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने,कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने,कसैलाई अनुचित लाभ वा हानी पुऱ्याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने,समाचारबाट असर पर्ने व्यक्ति,समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु कर्तव्य हुने' पत्रकार आचारसंहिताको व्यवस्थाबारे यहाँलाई अवगत नै छ।' 
 
विधिवत् ढंगले महाधिवेशन गरी निर्वाचित पत्रकार महासंघ यूकेको कार्यसमितिका विषयमा नेपालब्रिटेन डटकमबाट सम्प्रेषित सामग्री उपर नेपाल पत्रकार महासंघ यूकेले गत असोज २ गते काउन्सिलमा उजुरी दर्ता गरेको थियो। काउन्सिलले नेपालब्रिटेन डटकमलाई पठाएको पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ,युके शाखालाई समेत दिएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?