Tuesday December 10, 2024

बाढीपहिरो पीडित सहयोग अभियानमा सहयोगको अपील

१६ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1243


एनआरएन युके प्रेष बिज्ञप्ति-
लण्डन। नेपालका विभिन्न स्थानमा हालैका दिनमा भएको अविरल वर्षासंगै आएको बाढीपहिरो र डुबानका कारण ठूलो धनजनको क्षति हुन पुगेको छ । यस विपतमा सयौंको संख्यामा हाम्रा नेपाली दिदीबहिनी,दाजुभाइले आफ्नो अमूल्य जीवन गुमाउनुभएको छ भने अरु धेरैजना घाइते हुनुहुन्छ। हजारौं नागरिक बाढीपहिरोबाट घरवारविहिन भएर बिचल्ली अवस्थामा समेत पुग्नुपरेको छ। यस दुखद घडीमा एनआरएनए यूके मृतकहरुप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

हाम्रो प्यारो मातृभूमिमाथि आइपरेको प्राकृतिक विपत्तिको यस क्षणमा यसबाट प्रभावित हाम्रा दिदीबहिनी दाजुभाइहरुको घाउमा सक्दो मल्हम लगाउनु हामी सबै गैरआवासीय नेपालीहरुको कर्तव्य हो भन्ने ठानेर एनआरएनए आइसीसीको निर्देशन र सहकार्यमा बाढीपहिरो पीडितको राहत, उद्धार र पुनस्थापर्नामा सहयोग पुरयाउने उद्धेश्यले एनआरएनए यूकेले आफ्नो कोषबाट १० लाख रुपैयाको सहयोगबाट शुभारम्भ गर्दै बाढीपहिरो पीडित सहयोग अभियान शुरु गरेको छ। उक्त अभियानमा बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था, सिंगो समुदाय र सबै नेपालीहरुको तर्फबाट सहयोग र सहभागिताको लागि हामी हार्दिक अपिल गर्दछौं।
बेलायतस्थित हामी सबै नेपाली र समुदायको अभिभावक संस्थाको रुपमा एनआरएनए यूकेले विगतदेखि नै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ। महाभूकम्पदेखि कोभिड महामारीसम्मका ठूला विपतदेखि अरु धेरै प्राकृतिक विपत र अफ्टेरोका बेला बेलायतस्थित सिंगो नेपाली समुदायलाई एकताबद्ध बनाएर एनआरएनए यूकेले एकमुष्ट सहयोगका अभियानहरु सफलतापूर्वक सञ्चालन गरिसकेको छ।

यसैक्रममा पछिल्लो बाढीपहिरोबाट प्रभावितहरुको सहयोगका लागि हामीले शुरु गरेको अभियानमा पनि यहाँस्थित सबै नेपाली संघसंस्था र समुदायबाट विगतमा जस्तै पूर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौं।

आर्थिक सहयोगका लागि एनआरएनए यूकेको खाता निम्नानुसार छ भन्दै हित काजी गुरुङ अध्यक्ष र गोविन्द शर्मा खरेल महासचिवले १ अक्टोबर २०२४ मा बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ।
बिज्ञप्ति-



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?