Tuesday December 10, 2024

निम्स पुर्जाद्वारा बिना अक्सीजन १४ हिमालको सफल आरोहण

२१ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1174


निम्स पुर्जाद्वारा बिना अक्सीजन १४ हिमालको सफल आरोहण

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) ले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन्। शुक्रबार दिउँसो आठ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमाल बिना अक्सिजन सफल आरोहणपछि उक्त कीर्तिमान बनाएका हुन्।


पुर्जाले सहकर्मी मिङ्माजी शेर्पासँगै बिना अक्सिजन १४  हिमालको आरोहण गरेर आफूहरू दुई जनाले पहिलो नेपाली रेकर्ड बनाएको जानकारी दिए। उनले विश्वलाई आफूहरूले एकता र स्वस्थ प्रतिस्पर्धाको शक्ति देखाएको बताएका छन्। उनीहरूले आठ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै बिना अक्सिजन आरोहण गरिसकेका छन्। शिशापाङ्मा १४औँ हिमाल हो।


पुर्जाले यसअघि नै संसारका आठ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन्। हिउँद याममा पहिलो पटक विश्वकै दोस्रो अग्लो हिमाल केटू तथा विश्वका १४ वटा अग्ला शिखर सबैभन्दा द्रुत गतिमा आरोहण गर्नेलगायत तीन दर्जन बढी विश्व रेकर्ड निम्स दाइका नाममा छन्। म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आएका निम्स दाइ नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा एलाइट एक्सपिडिसन नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत छन्। 
१६ वर्ष बेलायती सेनामा काम गरेका पुर्जाले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गरेका थिए।

विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौँ रेकर्ड बनाएका निम्स दाइले अबको बाँकी जीवन हिमाल आरोहणमै समर्पण गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?