Tuesday December 10, 2024

शिव मन्दिर अल्डरसटमा नौमती बाजाको धुन संगै फुलपाती भित्र्याईयो

२५ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1225


शिव मन्दिर अल्डरसटमा नौमती बाजाको धुन संगै फुलपाती भित्र्याईयो

शीतलपाटीन्युज डटकम।

लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटका अध्यक्ष बिक्रम भट्टराईको अध्यक्षतामा यस बर्ष २०८१ दशैको  फुलपाती भब्य समारोह गर्दै भित्र्याईयको छ। अध्यक्ष बिक्रम भट्टराईले “देशबाट टाढा परदेशमा आँफु र परिवारको भविष्यलाई संवृद्ध एवम सफल बनाउन गर्नुपर्ने कयौं प्रयत्नहरु गरियो।

त्यसै संगै हाम्रो समाजलाई एकआपसमा सुसंस्कृत र सुसंगठित बनाउन हाम्रा संस्कृति,परम्परा,चार्डपर्वहरु अनि धर्मलाई पनि सकेको संरक्षण संवर्धन तथा निरन्तरता दिन हाम्रा समाजका हरेक सदस्यहरु,संघ संस्थाहरु र धार्मिक केन्द्रहरु उत्तिकै लागी परेका छन। यसैको ज्वलन्त उदाहरण शिव मन्दिर अल्डरसटको सदा जस्तै बडा दशैंको फूलपाती भित्राउने कार्यक्रम हो, भन्नु भएको छ।

अध्यक्ष भट्टराईले मन्दिर बनेदेखी मेरो मनले कल्पना गरेको एउटा सपना, हरेक दशैंमा हाम्रै स्थानिय बौद्ध गुम्बाबाट सप्तमीको विशेष फूलपाती शिव मन्दिरमा भित्राउने मनसाय आज साकार भएको छ। यसरी सौहार्दपूर्ण वातावरणमा फूलपाती आदान-प्रदानका निमित्त अहम भूमिका निभाउनु हुने सम्पुर्णमा अन्तरमनबाट मुरी मुरी धन्यवाद समेत छ भन्नु भयको छ।
 

कार्यक्रममा नेपाल सरकारको प्रतिनिधित्व गर्नु हुदै नेपाली राजदुतावास लण्डनबाट डिपुटी चिफ अफ मिसन बिपिन दवाडीज्यु र वहाँकी धर्मपत्नी,रशमुर बोरो काउन्सिलकी मेयर मारा मकुनुरा, पुर्व काउन्सलर तथा शिव मन्दिरका ट्रस्टी जीव बेलवासे तथा वहाँकी धर्मपत्नी अमिता बेलवासे,काउंसिल लिडरको उपस्थिती सहित मन्दिरबाट प्रथम नौमती बाजाको साथमा शंखघण्ट बजाएर फुलपाती लिन अल्डरसटको मुख्य टाउन हुदै स्थानिय बौद्ध गुम्बा पुग्दा यो रौनक़ प्रत्यक्ष देखने जो कोही नेपाली हर्षित देखिन्थे। शिव मन्दिर अल्डरसटका मूल पण्डित मधुसूदन सत्याल गुरु, मन्दिरका पूर्व पण्डित पवन दाहाल,प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष वाचस्पति रेग्मी,सम्पूर्ण संरक्षकज्युहरु, उपाध्यक्ष हरी भट्टाराई, महासचिव सुषमा गुरुङ, कोषाध्यक्ष तथा दशैं संयोजक निरज तिवारी,सहकोषाध्यक्ष किशोर गुरुङ,सचिव निरज शर्मा,गोर्खा मिडीयाका संचालक मिलन तमु,ट्रस्टी एबी गुरुङ्ग,संरक्षक शेर सुनार, हरि कुमार श्रेष्ठ,सुवास कायस्थ,शंकर श्रेष्ठ,तमुधीँ वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ्ग,तमुधीँ महासचिव डाक्टर विशाल गुरुङ्ग, समाजसेवी दिपक न्यौपाने एवम श्रीमती स्मीता न्यौपाने, लण्डनबाट आउनु भएको नारायण गाँउले,

एनआरएन आईसीसी सदस्य दिलरास गुरुङ्ग,व्यवसायी तथा रेडिङ गुम्बाका महासचिव कमल गुरुङ,पिपल मोरगेजका संचालक सुर्य गुरुङ्ग,रुपेश काफ्ले तथा कार्यसमिति सदस्यहरु,ट्रस्टीहरु,शिव मन्दिरका भक्तजनहरु, भारतीय मूलका भक्तजनहरु बिहान १०.३० मा गुम्वामा पुग्दा गुम्वाका अध्यक्ष हर्क गुरुङ्ग र आमा समुहकी अध्यक्ष जगना गुरुङ्ग लगायत सदस्यहरुले मुख्य द्वारमा खादा लगाएर स्वागत गर्नुभएको थियो। गुम्बाको परिक्रमा पछी गुम्बाका मुख्य गुरु अनि गुरुहरुबाट बिशेष आशिर्वाद र पूजा अर्चना सहित फूलपाती तथा प्रसाद डोलीमा राखिदिएर विदाई गर्नु भएको थियो। 

स्थानीय बौद्ध गुम्वाबाट प्राप्त फूलपाती मन्दिरका अध्यक्ष तथा दुर्गा पूजाका मुख्य कर्ता बिक्रम भट्टराई र वहाँकी धर्मपत्नी पबित्रा भट्टराई, नेपाली राजदुतावासका डिसिएम दम्पतीबाट पूजाआजा गरेर मन्दिरमा भित्राईएको थियो। 

शिव मन्दिरमा गुरुहरुबाट दुर्गा आरती गरे लगत्तै महासचिब सुषमा गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियो। नेपाली परम्परा र संस्कृति अत्यन्त धनि भएको र आँफुलाई यस्ता आनन्दित कार्यक्रममा निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गर्दै रशमुर मेयर माराले उपस्थित सबैलाई धन्यवाद दिएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासका डिसिएम बिपिन दवाडीले बेलायतमा आएको तेश्रो हप्तामा यस्तो गौरव गर्ने कार्यक्रममा उपस्थित भएर भब्य कार्यक्रम सम्पन्न गर्न पाउदा अत्यन्त ख़ुशी लागेको र दुतावासको यस्ता समाजलाई एक ढिक्का बनाउने कार्यक्रममा संधै सहयोग र सद्भाव रहने बताउनु भयो। 


अन्तमा शिव मन्दिर अल्डरसटका अध्यक्ष बिक्रम भट्टराईले मुख्य अतिथि, अतिथिहरु कार्यसमिति सदस्यहरु लगायत सबैलाई धन्यवाद भन्नु भयको थियो। साथै अध्यक्ष भट्टराईले बिसिसी युके अल्डरसट गुम्वाका अध्यक्ष तथा शिव मन्दिर अल्डरसटका ट्रस्टी हर्क गुरुङ्ग तथा सम्पूर्ण गुम्वा परिवारलाई विशेष धन्यवाद दिनु भयको थियो। 

एफएनजे युके उपाध्यक्ष एवम नेपाली लिंकका सम्पादक नरेन्द्र बस्नेत, गोर्खा मिडिया डाइरेक्टर मीलन तमु गुरुड्ग र शीतलपाटीन्युजका प्रतिनिधी उपस्थित कार्यक्रममा सबै भक्तजनहरुलाई प्रसादको व्यवस्थापन गरिएको  सो कार्यक्रममा मन्दिरमा गुल्मी नौमती बाजाले सोभाएमान भएको सो फुलपातीमा भक्तजनहरुको घुईचो दिनैभर थियो। शिव मन्दिर अल्डरसटले हरेक वर्ष जस्तै दशैंको टिकाको दिन बिहान ८.३० बजेबाट जमरा र टिका वितरण गर्ने कुरा पनि अध्जयक्ष भट्टराईले जनाउनु भएको छ।

फोटो- मीलन तमु गुरुड्ग।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?