Tuesday December 10, 2024

धरानका मेयर हर्क साड्गपाड्ग धरान समाज युकेको निमन्त्रणामा बेलायत आउदै

२७ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1357


धरानका मेयर हर्क साड्गपाड्ग  धरान समाज युकेको निमन्त्रणामा बेलायत आउदै

शीतलपाटीन्युज डटकम।
लण्डन। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङग बेलायत आउने भएका छन् । बेलायतमा आगामी अक्टुबर २० तारिख आईतवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङगको स्वागत तथा भेटघाट् (Meet and Greet) र च्यारिटी डिनर नाइट हुने भएको छ।


बेलायतको अल्डरशट स्थित एम्पायर हलमा यो कार्यक्रम हुने भएको र कार्यक्रममा व्यापक उपस्थीतिका लागि ठुलो तयारी भईरहेको कार्यक्रमका मिडिया कोअर्डिनेटर आकाश सुनुवारले  शीतलपाटी न्युजका सम्पादक बाचस्पति रेग्मीलाई जानकारी दिएका छन। कार्यक्रमको आयोजक धरान समाज युके रहेको छ।
धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङग धरान–२० चिन्डेडाँडामा रहेको सुम्निमा पारुहाङगको प्रतिमा सहित सुन्दर पार्क निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले लन्डन आउने भएको हो।

कार्यक्रमको पहिलो सत्र बिहान ११ देखि २ बजेसम्म हुनेछ,युकेबासि सबै नेपालीले मेयरलाई व्यक्तिगत रुपमा भेटेर स्वागत अभिबादन गर्न, फोटो खिच्न सक्नेछन भने साँझ ६ बजे देखि १० बजेसम्म गाला डिनरको आयोजना हुने आयोजकको तयारी छ। कार्यक्रममा सहयोगी दाताहरुलाई हर्क साम्पाङ स्वयमले हस्ताक्षर गरिएको प्रमाणपत्र प्रदान गरि सहयोगकर्ताहरूलाई सम्मानित गरिने कार्यक्रमका सयोजक प्रमुख भगवान चामलिङ्गले बताएका छन।
गाला डिनरको क्रममा मेयर साम्पाङले आफ्नो श्रम अभियान र प्रतिमा निर्वाण परियोजनाको पुरा योजनालाई प्रस्तुत गर्ने इभेन्ट म्यानेजर रामधन राईले बताउनु भएको छ। राईका अनुसार त्यस साँझ मेयरको र अतिथिहरुको सम्मानमा भब्य सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी प्राप्त भएको छ।

युकेका विभिन्न बरोबाट निर्बाचित अहिले सम्मका नेपालि मूलका स्थानिय मेयर र काउन्सिलरहरुको जमघट यस डिनर नाइटको अर्को आकर्षण हुनेछ। नेपालि मुलका ब्यापार ब्यबसायीहरु,समाजसेवीहरु, राजनितिज्ञहरु,कलाकारहरु, र गोर्खा रेजिमेण्टका उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रित गरिएको कुरा जनाईएको छ।

मेयर हर्क साम्पाङको कार्यक्रममा बेलायती स्थानीय प्रतिनिधिहरु,समाज सेवी, ब्यापारी,राजनीतिज्ञ र सर्बसाधारण सबै एउटै कार्यक्रममा जम्मा गर्ने प्रयास भने इतिहासमा पहिलो पटक गर्न लागिएको बताईएको छ। आयोजकले कार्यक्रमलाई सफल र भब्य बनाउन व्यापक सहभागिताको लागि युके बासि सम्पुर्ण नेपालिहरु प्रति बिनम्र अपिल पनि गरेको छ।

२० अक्टोबर एम्पाएर हलमा हुने कार्यक्रमको आयोजक सुम्निमा पारुहाड्ग प्रतिमा निर्माण सहयोग समिती युके र १९,२५ र २७ अक्टोबरमा हुने कार्यक्रम धरान समाज युकेले गर्ने भएको छ। यो गरिमामय कार्यक्रममा उपस्थित भै सहयोग पुर्याउन आयोजकहरुले सबैलाई निमन्त्रणा गर्दछौ भन्नु भएको छ।

कार्यक्रमका बारे थप जानकारीका लागि सम्पर्क गर्नु परेमा मुख्य आयोजक-
DHARAN SAMAJ UK 
Samparka: 
Bhaskar Rai - 
07534 405132
मिडिया/इभेण्टकॊअर्डिनेश:- 
न्यु होराईजन क्रियशन

टिकट -🎫 : पहिलो चरण – £१५ (मिट एण्ड ग्रीट) 
दोस्रो चरण – £७० (३ कोर्स मील + पेय पदार्थ🍷 र मनोरन्जन हुने।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?