Monday February 10, 2025

किन रोए आर के त्रिपाठी जोसेफ ब्राउनको कुराले ?

२८ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1530


किन रोए आर के त्रिपाठी जोसेफ ब्राउनको कुराले ?

आर के त्रिपाठी लेख्छन् - 

लण्डन।नेपाल बारे शुक्ष्म जानाकारी राख्ने आज एक जना Joseph Brown नामका बेलायती राजनितिज्ञसंग नेपालको बारेमा लामो कुराकानी भयो।आज मैले भेट गरि संवाद गरेको Joseph Brown नामको बेलायती विश्वको हरेक कुनाको भ्रष्टाचार बारे जानाकारी लिने,अनुसन्धान गर्ने र विश्व बजारमा कुरा उठाउने गर्दो रहेछन्।
Joseph Brown आफैले नेपालको शासकिय र राजनैतिक जवाफदेहिता,पारदर्शिता,नेपालमा कानुनी राज्यले काम नगरेको अवस्था,भ्रष्टाचार अनुसन्धान हुनै नदिने गलत अभ्यास र नेपालको मानव अधिकार बारे लामो कुरा गरे। म र Joseph Brown को दुई घण्टा लामो कुराकानीमा छक्क किन परें भने मलाई भन्दा Joseph Brown लाई नेपालको भ्रष्टाचार र घोटाला बारे शुक्ष्म स्मरण रहेछ।

बेलायतीहरु नेपालको शासकिय सुधार प्रति नियालि रहेका रहेछन्।बेलायती नागरिक Joseph Brown को शब्दमा भन्नु पर्दा नेपालमा एकै प्रकृतिको अपराधमा कोहिलाई  जेल र कोही मान्छे घुमिरहेको छन्।एकै फाइल छ,एकै केस छ,कोही मान्छे जेलमा छन्,कोही मान्छे घुमिराखेका छन्।यो कसरी भइराखेको छ नेपालमा? यस्तो व्यवहारले हामी विदेशीलाई आश्चर्यमा पारेका छौ।

नेपाललाई हामीले राम्रै रूपमा हेर्ने गर्दथ्यौं तर विगत १० बर्ष देखि नेपाल प्रति हामी विदेशीको हेराईमा गिरावट आएको छ। म पनि आश्चर्य चकित छु। यदि नेपालमा कानुनी राज्य स्थापना भएको हो भने यस्तो नहुनु पर्ने हो तर भईरहेछ। यस्तो कार्यले नेपालको अनुसन्धान,कानुनी राज्य स्थापना,दायित्व बोध र जवाफदेहिता लाई शुन्यमा परिणत गर्न सहयोग गर्छ।

देश Failure State मा परिणत हुने यस्तै कार्यले गर्दा हो।संसद्ले स्वामित्व लिएर,सबै दलको प्रतिनिधित्वमा छानविन गरेर बनेको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ। यदि कोही मान्छे निर्दोष छ भने त्यसलाई कसैका विरुद्ध हतियारको रुपमा प्रयोग गर्नुहुँदैन।राज्यका एकै प्रकृतीका अनुसन्धानमा कसैलाई समातेर जेल राख्ने र बलियाहरुलाई उन्मुक्ति दिने काम गर्न हुँदैन,Joseph Brown ले भन्दै थिए/

नेपालको हरेक भ्रष्टचार जन्य अपराधमा त कस्तो देखियो भने एउटा काण्डको बारेमा ३ महिना चर्चा हुने,उफ्रने,चर्को आवाज बोल्ने,ठूलै भ्रष्टाचार भयो भन्ने,अनि त्यो भ्रष्टाचार हो वा होइन भनेर अनुसन्धान गर्न नपाउँदै अर्को काण्ड आउने र सबैको ध्यान नयाँ कुरा तिर मोडिने र पुरानो विर्सने वा छोपिने देखियो। 

भुटानी शरणार्थी,वाईड बडी,ओम्नी,ललिता निवास,३३ किलो र १०० किलो सुन काण्ड,COVID Vaccine Purchase,विद्युत्त महशुल छुट,ठूला करदाता छुट लगायत सयौं काण्डहरु वारे Joseph  Brown जानाकार रहेछन्।यी बेलायती राजनितिज्ञ नेपाल र भारत १५ पटक भ्रमण गरिसकेका रहेछन्।मलाई भन्दा  बढि नेपालको भ्रष्टचार बारेका कुरा बेलायती राजनितिज्ञ Joseph Brown लाई ज्ञान रहेछ।

Joseph Brown को भनाईलाई नेपालीमा उल्था गरि लेख्दा ठूला भनाउँदाको दवाबमा भ्रष्टाचार भएको हो वा होइन भनि राज्यको अनुसन्धान निकायले अनुसन्धान गर्ने नपाउने वा अनुसन्धान गरि अदालतमा पेश गर्न नपाउने अवस्था सिर्जना हुनुले नेपालको समग्र कानुनी राज्य र प्रजातन्त्र संस्थागत बनाउने कार्य कमजोर हुन पुगेको छ।यसैगरी यो क्रम बढ्दै जाने हो भने नेपाल एकदिन Failure State मा परिणत भई विश्वमान चित्र र अन्तराष्ट्रिय हेराईमा नेपाल पनि पाकिस्तान, अफगानिस्थान,सिरिया,सिरालियोन,सुडान जस्तै देशमा परिणत हुनेछ।Joseph Brown भनेका छन।

विदेशमा पाकिस्तानको मान्छेलाई पाकी भन्दै शंकाले हेरे जस्तै नेपालीलाई पनि नेपी भन्दै चारैतिर शंका र घृणाले हेर्ने दिन आउनेछ।यस्तो अवस्था आउन नदिन नेपाल र नेपालीको शान,मान,विश्वमान चित्रमा हेराईमा उच्च राख्न नेपालमा कानुनी राज्य पूर्ण स्थापना तर्फ र अनुसन्धान निकाय लाई बलियो बनाउने जिम्मेवार बनाउने तर्फ अग्रसर हुनु पर्दछ। समयमै सबैको ध्यान जाओस।हामीले त आँखाले र आत्माले देखेको कुरा प्रष्ट  बोली दिने हो Joseph Brown भन्दै थिए।

सबैमा चेतना भया ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?