२९ आश्विन, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।
विश्वभर छरिएर रहेका पर्वतेलीहरु बीचमा एकता र भावनात्मक सम्बन्धको विकास गर्न शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको अन्न्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधि आचार्यले बताउनुभयो। उहाँका अनुसार कार्यक्रम अनलाइन (जुम) मार्फत हुने छ। विश्वरभर छरिएका पर्वतेलीहरुले जिल्लाको सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका छन्।