Monday February 10, 2025

पोखराका पुर्व प्रदेंश सांसद,पोखरा महानगरपालिका पुर्व मेयर कृष्ण थापालाई लण्डनमा भब्य स्वागत

३ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1231


पोखराका पुर्व प्रदेंश सांसद,पोखरा महानगरपालिका पुर्व मेयर कृष्ण थापालाई लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।
फानबोरो, लण्डन। पोखरा उपत्यका र छिमेकी जिल्लाबाट बेलायत आई बसोबास गरेका सामाजीक ब्यक्तित्वहरुले पोखराका एक सफल राजनितिज्ञ,पुर्व प्रदेंश सांसद,पोखरा महानगरपालिका पुर्व मेयर कृष्ण थापालाई लण्डनमा भब्य स्वागत गरेको समाचार छ।


बेलायतमा थापालाई Meet & Greet गर्ने संस्थाहरुमा पोखरासंग सम्बन्धित साहारा युके,तमुधि युके, बगर भाईखलक युके र पोखरेली मंच युके रहेको छ। फानबोरो स्थित एनआरएन युकेका पुर्व अध्यक्ष सुर्य गुरुड्गको गोरखा प्यालेसमा भएको उक्त कार्यक्रम भब्य भएको थियो। 


साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्ग,तमुधि युकेका बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुड्ग,बगरभाई खलकका उपाध्यक्ष ओम गुरुड्ग,पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्ग समेतले थापालाई खादा लगाई स्वागत गरीएको थियो। 


तमुधी युकेका उपाध्यक्ष कमल गुरुड्गले स्वाग गर्दै शुरु भयको स्वागत कार्यक्रममा एनआरएन युकेका पुर्व अध्यक्ष सुर्य गुरुड्ग,बुध्दीजीवी भक्त गुरुड्ग,साहारा युकेका पुर्व अध्यक्षहरु द्वय कुमार गुरुड्ग,कुसाड्ग गुरुड्ग र उपाध्यक्ष शारदा गुरुड्ग, तमुधि युकेका पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ग, उपाध्यक्ष एवम बगरभाई खलक युकेका उपाध्यक्ष कमल गुरुड्ग,बगर भाई खलक युकेका संस्थापक अध्यक्ष चन्द्रमान गुरुड्ग,पोखरेली मंचका उपाध्यक्ष पवित्र गुरुड्ग समेतको उपस्थिति थियो। साहारा युके,तमुधि युके,बगर भाई खलक युके र पोखरेली मंच युके समेतका सल्लाहाकारहरु, कार्यसमिती सदस्यहरु,पदाधिकारीहरु , कलाकारहरु कला लम्साल, राजन गुरुड्ग समेत उपस्थित सो कार्यक्रममा पोखरामा पर्यटन र खेल पर्यटनको बिकासका बारेमा चर्चा भएको थियो।


पोखराको समग्र बिकासमा पोखराबाट बेलायत आई बसेका पोखरेलीहरुले गरेको आर्थिक सहयोगको चर्चा भएको थियो। माथि उल्लेखित पोखरा सम्बन्धित बेलायती नेपाली संस्थाहरुलाई थापाले धन्यबाद दिनु भएको थियो। आफु मेयर भएका बखत अमेरिका,जापान,युके जस्ता देसको भ्रमण गर्दा त्यस ठाउको बिकास नमुना अनुसार पोखरामा पनि लागु गरेको आफ्नो अनुभव सुनाउनु भएको थियो।
यस पुर्व लामो समय देखि बेलायतमा रहेका पोखराको सहयोगी साहारा युके,तमुधि युके,बगर भाई खलक युके र पोखरेली मंच युकेले पोखरा म्याराथन,आहारारा गोल्डकप र बगर भाईखलक फुटबल सम्पन्न गर्न आर्थिक सहयोग,खेल सामाग्री सहयोग गरेको र पोखरा साहारा एकेडमी पनि निर्माण गरेको समाचार छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?