४ कार्तिक, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। १९ अक्टोबर २०२४ शनिबार एम्पायर हल अल्डरसर्टमा तमुधीं यूकेका अध्यक्ष हरि गुरुडङको अध्यक्षतमा बरिष्ठ ऊपाध्यक्ष जुमकाजी गुरुङको संयोजकत्वमा आयोजित तमुधीं यूके आजीवन सदस्य रात्रीभोज कार्यक्रम भव्य सम्पन्न भयो। सो आजीवन सदस्य डिनर नाइट वेलायतका लागि नेपाली राजदूतावास लण्डनको ऊपानियोग प्रमुख अथित्यतामा भब्यताको साथ सम्पन्न भयो।
तमुधी यूकेले आयोजना गर्ने बृहत कार्यक्रमहरु मध्य तमुधीं यूकेको आजीवन सदस्य बार्षिक रात्रीभोज कार्यक्रम पनि एक महत्वपूर्ण हो। हरेक बर्ष शरद ऋतु महिनामा आयोजना गरिने यस रात्री भोज कार्यक्रमको मुख्य ऊदेश्य संस्थामा नयां आजीवन सदस्यहरुलाई संस्थागत स्वागत गर्ने, संस्था र समुदयमा तल्लिन सकृय भई सहयोग र साथ गर्नु हुने,बिशेष नव पिडिका यूवा यूवतीहरुलाई आकर्षण गरि संग्लनता गराऊने, हौसला दिलाऊने पनि यस कार्यक्रमको मुख्य ऊदेश्य हो। हरेक बर्ष भरि संस्थालाई सहयोग गर्ने सबै सदस्यहरुलाई धन्यवादको साथमा दिईने रात्रीभोज कार्यक्रममा संस्था र समुदाय प्रति बिशेष योगदान गर्नुहुने ब्यक्तिको जीवन्त योगदानहरुको कदर गरि अर्पण गरिने तमु र तमुस्यो “आदर्श ऐवार्डबाट“ सम्मान गर्ने परम्परा पनि रहॅंदै आईरहेको छ।
तमुधीं यूके र तमुधीं लण्डन इकाई स्थापना काल देखी र अन्य धेरै संस्थाहरुको नेतृत्वमा रहि समाजसेवी गर्नु हुने तमुधीं लण्डन इकाईका प्रमुख संरक्षक खुशीमान गुरुङ,ट्रष्टी क्या.रि.प्रेम बहादुर गुरुङ,दुईजना बरिष्ठ समाजसेवी तमुधीं यूकेबाट अर्पण गरिने “तमु आदर्श ऐवार्ड २०२४ बाट बिभूषित हुनु भएको छ।
रि.क्या.प्रेम बहादुर गुरुङ गण्डकी प्रदेश स्यांज्जा जिल्ला आंधिखोला गाऊॅंपालिका माझकेटरी गाऊॅंको बासीन्दा हुनुहुन्छ र सोंपाल समाज यूकेका पूर्व अध्यक्ष एवं ट्रष्टी,तमुधीं लण्डन इकाईका ट्रष्टी हाल लण्डन ग्रिनफोर्डमा आफ्नो धरमपत्नी श्रीमती रत्न कुमारी गुरुङ साथै परिवारको साथ बस्दै आई रहनु भएको छ।
त्यसैगरि खुशीमान गुरुङ ऊहांको धर्मपत्नी श्रीमती मिना कुमारी गुरुङ गण्डकी प्रदेश गोरखा जिल्ला सिरानचोक गाऊॅंपालिका तीन काऊले गाऊॅंका बासिन्द हुनुहुन्छ,गोरखा जिल्ला समाज यूकेको पूर्व अध्यक्ष,(TBCUK) थालाजुडं कम्यूनिटि सेन्टर यूकेका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक हुनुहुन्छ र तुमधीं लण्डन इकाईका प्रमुख संरक्षक हुनुहुन्छ। ऊहांहरुको योगदानको कदर गरि सम्मानित हुनु भएको यस खुशीको अवसरमा हजारौं नेपालीहरुको प्रेरणाको श्रोत बन्ने र समाजसेवी प्रति प्रेरित हुने सकरात्मक बिम्वा सहितको ऊर्जा थप्ने पूर्ण बिश्वास्त रहेको तमुधीं लण्डन इकाईका अध्यक्ष भरत गुरुङ र आमा अध्यक्ष देवकला गुरुङ बताऊनु भयो।
समासेवी भावनाले स्वयंसेवी सेवा योगदानको कदर गरि “तमु तमुस्यो आदर्श अवार्ड”बाट सम्मानित हुनुहुने श्रीमती ध्रुव कुमारी गुरुङ/बिनोद गुरुङ,सूर्य गुरुङ र हिरामान गुरुङ लगायत तमु र तमुस्यो अवार्डबाट सम्मानित हुनुहुने सम्पूर्णलाई धेरै धेरै बधाई छ।
साथै रात्रीभोज कार्यक्रम सफलता पूर्वक सम्पन्न गराऊनु भएकोमा तमुधीं यूके अध्यक्ष हरि गुरुङ कार्यक्रम संयोजक बरिष्ठ ऊपाध्यक्ष जुमकाजी गुरुङ लगयात तमुधीं यूके परिवारलाई पनि धेरै धेरै बधाई तथा हार्दिक शुभकामना।