Tuesday December 10, 2024

पोखरा म्याराथन सफल बनाउन बेलायतमा मञ्जु गुरुड्ग संयोजक

१३ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1508


पोखरा म्याराथन सफल बनाउन बेलायतमा मञ्जु गुरुड्ग संयोजक

शीतलपाटीन्युज डटकम।
लन्डन । पोखरेली मञ्च यूकेले १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन बेलायतका लागि मञ्जु गुरूङ राईलाई संयोजक चयन हुनु भएको छ।
पोखरा म्याराथनको लागि यूकेको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च यूकेले म्याराथन सफल बनाउन पुर्व प्रक्षिक्षक,भलिवल कोच र खेलाडी मन्जु गुरुड्गलाई सहयोग समितिको संयोजकमा बनाएको हो। पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरूङ (केभ)को अध्यक्षतामा सम्पन्न बैठकले भलिबलकी पूर्वराष्ट्रिय खेलाडी एवं समाजसेवी मन्जुको संयोजकत्वमा समिती गठन गरेको हो।


गठित समितिको सदस्यहरुमा महेश गुरूङ,मिनप्रसाद गुरूङ,सूर्य गुरूङ रहनु भयको छ। गठित समितिका सदस्य महेश गुरूङ नेपाल–यूकेका संयोजक हुन् भने मिनप्रसाद गुरूङ तमु धीं यूकेका संस्थापक अध्यक्ष,सूर्य गुरूङ गैर आवासीय नेपाली संघ युकेका पुर्व अध्यक्ष एवम आईसीसी सल्लाहकार हुन् ।
पोखरा म्याराथनलाई सफल बनाउन यूकेस्थित विभिन्न संघ/संस्थाहरु पोखरेली मञ्च यूके, तमु धीं यूके,सहारा यूके,बगर भाइ खलक यूके,तमु समाज यूके र राम बजार सोसाइटी यूके रहेका छन्।

यसैबीच पोखरेली मञ्च यूकेका अध्यक्ष गुरूङले यूकेस्थित सम्पूर्ण खेलप्रेमीहरुलाई १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोगका लागि आग्रह गर्दै फागुन ३ गते हुने प्रतियोगितामा सहभागिताका लागि समेत आह्वान गरेका छन्।आयोजक नेपालले छिट्टै बेलायत टिम,अस्ट्रेलिया,अमेरिका, क्यानडा,हङकङ,मकाउ, कोरिया,जापानसँग छलफल गर्दैछ । पहिलो चोटी हाफ म्याराथन महिला तथा पुरुष दौडसमेत हुने जनाइएको छ ।

यसपटक बेलायतबाटसमेत धेरैजना सहभागी हुने आशा गरिएको छ। बैठकले आगामी ४ जनवरी २०२५ मा लन्डन ओटुमा हुने कन्दरा ब्यान्डको कन्सर्टमा सहभागी हुन इच्छुकलाई अनुरोध गरेको छ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ३ गते शनिबारका दिन हुनेछ। पोखरा म्याराथनलाई नेपाल रन यूकेले समेत सहयोग गर्दै आइरहेको छ।

श्रोत-गोर्खा मिडीया।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?