२६ कार्तिक, २०८१
आर के त्रिपाठी लेख्छन् -
लोभि बाइडेन,झुटा ट्रम्प र मूर्ख अमेरिकी जनताको कारण विश्व लोकतन्त्र कमजोर हुने संकेत -नेपालले के सिक्ने?
आर्थिक प्रगती मात्र शाषकिय सफलताको मापनको आधार बन्दो रहेनछ।बेलायतमा ऋषी सुनक पनि राम्रो मै गनिन्थे।Covid ले थलिएको अर्थतन्त्र उनले नै उकासेका थिए।Covid को बेलामा गरेको उनको अर्थ Dealing,तौर तरिका लाई प्रसंसा गर्दै अमेरिका र अन्य यूरोप राष्ट्रहरुले त्यही ऋषी सुनकको तरिका Follow गरे।तर आम चुनाबमा उनको नेतृत्वमा Conservative पार्टिले नराम्रो हार बेहोर्नु पऱ्यो।
अमेरिकामा बाइडेन राम्रो गर्दै थिए।अमेरिकाको आर्थिक प्रगती राम्रै थियो तर विश्व सुप्रिमो कायम राख्नु पर्ने बाध्यता,यूरोपको लगायत संसारको प्रजातन्त्र र सिमा सुरक्षा गरि दिनु पर्ने बाध्यता,विश्व विकाशलाई अनुदान,सहयोग गर्नु पर्ने अमेरिकाको बाध्यता,Ukrane Russia युद्धलाई धेरै सहयोग र इजरायल युद्धलाई सहयोग गर्नु पर्ने बाध्यताले अमेरिका आर्थिक रूपमा भित्र भित्रै थलिएको थियो।त्यो मारलाई Trump ले राम्रो प्रयोग गरे।अन्य विश्वमा दिने अनुदान सहयोग घटाउनेछु,इजरायल र युक्रेन लाई दिने युद्ध सहयोग कटौती गर्छु भने।यूरोपको सिमा सुरक्षा गर्न NATO लाई दिने सहयोग काटि दिनेछु भनि भाषण गरे।संयुक्त राष्ट्र संघलाई दिने सहयोग,अनुदान काट्छु भने।यो सब सहयोग काटेर अमेरिकाको जनताको आर्थिक स्तर उकास्छु भन्दै भोट मागे।अमेरिकाको जनतालाइ मूर्ख बनाए।
Trump ले झुटो भोट लिए।नेताहरु जनता मूर्ख बनाउन खपीस छन्।जतिसुकै शिक्षित भए पनि जनतालाई झुटो बोलेर जति खेर पनि मुर्ख बनाउन सकिन्छ भन्ने प्रमाणित Trump ले गराई दिए।ट्रम्प जिते।बधाई।
जनता मूर्ख हुँदा असल नेता र नेतृत्व पराजित हुँदो रहेछ।ट्रम्प र अमेरिकी जनताले चणक्य नितीलाई असफल पारिदिए।इतिहाँसमा बेलावखत यस्तो हुदो रहेछ।विश्व राजनिति हेर्दा २७०० बर्ष अघि चणक्यले बोलेको निती संझना आयो।असल मान्छे अघि नबढ्दा वा पार्टीले चुनाबी मैदानमा नल्याउँदा जनता मुर्ख हुन्छन् र पार्टीको उमेदवार परास्त गर्दछन्।जनता बेला बखत मुर्ख हुन्छन्।त्यो बेला बेइमानहरु वा खराब नेतृत्व वा नेताहरु शाषनमा आउँछन्।
कमला ह्यारिश किन हारिन?पछि पूर्ण विश्लेषण गरौंला।२१०० औं शताब्दीमा पनि रङ्गको गन्ध देखियो।बस के मात्र भनौं भने २१००औं शताब्दीमा पनि यत्रो विकशित देश, शैक्षिक र बिबेकी अमेरिकी जनता पनि बहुलाउँदा रहेछन्।यसको दिर्घ कालीन असर विश्व राजनितीमा पर्नेछ।
नेपालमा पनि अघिल्लो चुनाबमा स्वतन्त्र नामको पार्टीको लोकरिझ्याई पत्याएर जनता मूर्ख बने।संसार यो क्रम बढ्दो छ।जे होस Trump ले लिने विदेश नितीले विश्व राजनिती धुवीकरण हुनेछ।यो हावाले दक्षिण Asia लाई पनि छुनेछ।यसको कोप भाजनमा नेपाल पनि पर्ने देखिन्छ।नेपालले विदेश निती बढो सोच विचार गरि सन्तुलित तर चाणक्य कुटनिति अन्तर्गत अघि बढाउन पर्नेछ।
हिजो ४ बर्ष देखि अमेरिकामा नेतृत्वको लागी रंङ्ग रङ्ग विच जुन झगडा चलिरहेको थियो,त्यो व्यवहारले अमेरिकी प्रजातन्त्रको धज्जी उडिरहेको थियो।अब त्यो घट्नु पर्दछ।
अर्को तर्फ Trump का अदालतमा विचाराधिन मुद्दा छन्। यदि भविष्यमा अदालतले स्वतन्त्र भई निर्णय गर्दा यदि Trump को गल्ती देखायो भने Trump ले पद बाट रजिनामा दिनु पर्नेछ।नेपालमा रबि लामिछाने नामको पार्टी र कार्यकर्ता जस्तै उता अमेरिकामा Trump समर्थकले अदालतको निर्णय विरुद्ध नाराबाजी गर्ने खतरा देख्छु।त्यो बेला अदालतको निर्णय मान्ने र नमान्ने अमेरिकी विच ध्रुविकरण भई झगडा चर्कनेछ।अमेरिकी सडकमा आगो जल्नेछ।भविष्य भयाबह छ।यसले विश्व राजनितीमा ध्रुवीकरण हुनेछ।अमेरिकी झगडा को प्रभाव विश्वभर पर्नेछ।प्रजातन्त्रको धज्जी उड्नेछ।Trump को निती Reactionary,Optimistic भन्दा पनि Pessimistic and भयो भने चाहिं अमेरिकी नेतृत्व विबाद केहि हल हुनेछ।हेर्दै जाऔं Trump कसरि अगाडी बढ्छन् ? उता वाईडेनको दोश्रो पटक आफै चुनाब लड्ने ढिपी र लोभले पारेको क्षती बारे दुई शब्द चर्चा गर्न चाहन्छु।
Part Demensia भएका,पिसाब गरेको थाहा नपाउने ८१ बर्षे बाईडेनले दोश्रो कार्यकालको लागी पुःन राष्ट्रपति उमेदवार बन्न लोभ नगरि प्रारम्भ समयमै कमला हयारिसलाई छोडी दिएको भए अमेरिकी Democratic पार्टीको अवस्था राम्रै थियो।जब ८१ बर्षे वाईडेनले कसैको सल्लाह नसुनी पुःन राष्ट्रपती हुने लोभले उमेदवारी घोषणा गरे,त्यसको असर Democratic पार्टीमा प्रारम्भमै परेको थियो।
वाईडेन लाई उमेदवारी छोडाउन चारैतिर बौद्धिक र सांगठनिक दवाब सिर्जना भए पछि मात्र वाईडेनले उमेदवारी त्यागे।यो त्याग प्रारम्भमै गरेको भए Democratic Party माथी थियो।वाईडेनले उमेदवारी छोड्ने बेला समय घर्किसकेको थियो।Democratic पार्टी भित्र तिब्र विबाद जन्मी सकेको थियो।बाईडेनको कारणले धेरै Primary उमेदवारी दिन तयार भएका उमेदवार लाई Primary जान रोकियो किनकी अमेरेकी पार्टी विधान नै यस्तो छ कि वर्तमान राष्ट्रपतीले दोश्रो पट पुःन उठ्न चाहे पार्टीले उनैलाई मान्नु पर्ने र अरु होनाहार पार्टी नेता Primary नै लड्न नपाउने।
Democratic हारको धेरै कारण मध्ये बाइडेनको लोभ पनि प्रमुख रह्यो।नेपालमा काग्रेस पार्टी लाई समयमै चेत आवस।नत्र नेपालमा पनि कांग्रेसको वाईडेनको पार्टीको जस्तो हालत होला।
नेपालमा पनि अघिल्लो चुनाबमा स्वतन्त्र नामको पार्टीको लोकरिझ्याई पत्याएर जनता मूर्ख बने/नेपालमा पनि जनता लाई झुटो बनाउने नेताहरु आई रहने छन्।जनता पनि भेंडा बाख्रा जस्तो मूर्ख भई रहने छन्।यो प्रथा हिजो सर्वहारा वर्गको नारा दिंदै कम्युनिष्ठ नामका बामपन्थहरुले चलाए।२ बर्ष अघि लामिछाने जी ले चलाए।अब अरु कस कसले चलाउने हुन्?हैर्दै जाऔंला/
शिक्षित अमेरिकी जनता त Trump को झुटो आश्वासनमा विके भने नेपालमा झुटो कुरा विकाउन पार्टी नेताहरु खप्पीस छन्।
लामो समय सत्तामा रहिरहने महत्वकांक्षा,प्रजातन्त्रको नाममा मनभित्र उठ्ने चरम अधिनायकवादी सोच र व्यवहार,आफ्नै पार्टी भित्र प्रतिपक्ष लाई गर्ने व्यवहार,शाषकीय पकड राख्न आफ्ना मान्छेलाई मात्र माथिल्लो पदमा दिईने नियुक्ति,मानब अधिकारको स्तर,वाक स्वतात्रता,सस्थागत र नितिगत भ्रष्टाचार,संसद शासनमा समावेसिता, सहभागीता,सुचनाको हक,भु-राजनिती एवं विदेश संबन्ध,कानुन राज्यको पालना,जनतामा सुलभ शिक्षा र स्वास्थ्य,नागरिकको वृद्ध कालको सेवा सुविधा,बच्चाको लागी राज्यवाट दिने सेवा सुविधा,बन र पर्यावरण संबन्धी देशले लिएको लक्ष,संस्थागत सुधार,देशले लिने दिर्घकलिन योजनाको लक्ष्य,अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रभाव,देशले बौद्धिक हरुलाई गर्ने व्यवहारलाई जनताले नियालि रहेका हुन्छन्।
आर्थिक वृद्धि मापन मात्र नेता नेतृत्वको सफलता मापन गर्ने आधार बन्न सक्दैन/११ प्रतिशत आर्थिक बृद्धि गर्न सफल भएकी बंगलादेशकि पूर्व प्रधानमन्त्री शेख हासिना किन देश छोडेर भाग्नु पऱ्यो?भन्ने कारण गहिरिएर मनन नगरे सम्म कतिखेर के हुन्छ?वा कतिखेर नेपालको नेता,नेतृत्व र शाषकिय हालत के हुन्छ?भन्न सकिन्न/
यो हुन नदिने एक मात्र औषधी नेपालमा अहिलेको लागी सत्ता भोगको लामो लिप्सा त्याग हो,जसका कारण लामो समय उनै ति नेताहरु मात्र शासनको कुर्सीमा विगत ३० बर्ष देखी घुमिरहँदा जनतामा चरम निराशा छाएको छ।यस्तै अवस्था रहिरहे बंगलादेश जस्तै जन विद्रोहको,असन्तुष्टीको हावाले नेपाललाई नहोला भन्न सकिन्न/
जन असन्तुष्टी र निराशाको हावाले नेपालमा कसलाई लखेट्छ?भविष्यको कुरा भन्न सकिन्न तर नेपाली जनताको आम Frustration र गणतन्त्र भित्रको शाषकिय Failure ले यो संकेत गरि रहेको देख्छु म।
स्नेही -आर के त्रिपाठी