Thursday March 20, 2025

८ डिसेम्बर २०२४ मा बेलायतको अल्डसरसटमा चलचित्र पजे गोरे प्रदर्सन हुदै

४ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1376


८ डिसेम्बर २०२४ मा बेलायतको अल्डसरसटमा चलचित्र पजे गोरे प्रदर्सन हुदै

शीतलपाटीन्युज डटकम।

 लन्डन। तमु (गुरुङ) संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र पजे गोरे (बाजे गोरे) आगामी ८ डिसेम्बर २०२४ मा बेलायतमा प्रदर्शन हुने भएको छ। नेपाल र नेपालबाहिरका विभिन्न देशमा भव्य प्रदर्शनपछि डिसेम्बर पहिलो हप्ता अल्डरसटस्थित एम्पायर हलमा पजे गोरे प्रदर्शन गर्न लागिएको चलचित्र निर्माता तथा मुख्य अभिनयकर्ता गम (गोरे) गुरुङले जानकारी दिएका छन् । 
 'काठमाडौंलगायत बेल्जियम र अन्य सहरहरूमा अपार भिडका साथ भव्य सफल प्रदर्शनपछि आउँदो डिसेम्बरको ८ गते आइतबार दिनको १२ बजे एम्पायर हल अल्डरसटमा पजे गोरे चलचित्र भव्य प्रदर्शन हुँदैछ । कृपया ! हजुरहरुको गरिमामय उपस्थितिका लागि आयोजक हार्दिक निमन्त्रणा अनुरोध गर्दछ,' निर्माण पक्षको सूचनामा उल्लेख छ । 


 
डिसेम्बरको उक्त प्रदर्शनका लागि टिकटको लागि अग्रिम बुकिङ खुला भइसकेको जनाउँदै नायक गुरुङले गेटमा सम्पर्क गर्न सकिने जनाए । 
 
आदिवासी जनजाति चलचित्रमा सर्वोत्कृष्ट अवार्ड जितेको पजे गोरे चलचित्रका निर्देशक भोज गुरुङ र गीत रचनाकारमा पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङ, संगीत/स्वर तेजेन्द्र गुरुङको रहेको छ ।  
 
उक्त चलचित्र मुनाल फिल्मको ब्यानरमा निर्माण भएको हो । बेलायतवासी गम गोरे गुरुङ (लेखन तथा निर्देशन), दिल घले, तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरूङ र शिरी गुरुङ निर्माता रहेका छन् । 
 
पर्यटकीय गाउँ सिक्लेसको भेँडीगोठ, कास्कीको गाउँपाखाहरू र पोखरा सहरमा छायांकन गरिएको यो चलचित्रको आफ्नो छुट्टै पहिचानका कारणले गर्दा यो चलचित्रले बजार लिइरहेको छ । बेलायतका विभिन्न सहरहरूपश्चात हङकङ र जापानमा प्रदर्शत गर्ने योजना रहेको निर्माता तथा नायक गम गुरुङले बताए जनाए । 
(गोर्खा मिडिया )



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?