२१ भाद्र, २०७५
शीतलपाटीन्युज डटकम।
कृष्ण देवकोटा / ग्लास्गो युके ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर ग्लास्गो नेपाली एसोसियसनले तिज विशेष कार्यक्रमको आयोजना गरेकोछ ।
पेज्लिटाउनहलमा हुने उक्त कार्यक्रम महिला दिदिवहिनीहरुले आपससमा शुभकामना साटासाट गर्न पाउन भनेर र नेपाली परम्परा र संकृतिको जगेर्नामा टेवा पुर्याउने उदेस्यले राखिएको हो ।
एसोसिएसन द्वारा सेप्टेम्वर दस तारिकका दिन आयोजना गरिने उक्त कार्यक्रममा लोक प्रीय लोक तथा दोहोरी गायक विष्णु खत्री तथा गायिका सिता केशीको विशेष प्रस्तुती रहनेछ ।
उक्त कार्यक्रमा दियो नेपाली पाठशालाका विद्यार्थीहरुवाट नेपाली राष्ट्रियगान, जि एस आर्ट एण्ड कल्चरका कलाकारहरुवाट नृत्य, हरियाली आमा समुहद्वारा सामुहिक नाच राफल लक्कि ड्र , दर खाने कार्यक्रम यस कार्यक्रमका आकर्षकहरु भएको संस्थाका अध्यक्ष छवीलाल अर्यालले जनाए ।
कार्यक्रममा दस वर्ष मुनिका वालवालिकाहरुलाई प्रवेश शूल्क नलाग्ने, दस वर्ष भन्दा माथिका पुरुषलाई १० पाउण्ड र महिलाहरुलाई ५ पाउण्ड मात्रै प्रवेश शुल्क राखिने संस्थाले जनाएको छ ।