Thursday March 20, 2025

मिलन र आरकेको अर्को गीत ‘बिर्सनलाई सकिन नानी’ बजारमा सार्वजनिक

११ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1278


मिलन र आरकेको अर्को गीत ‘बिर्सनलाई सकिन नानी’ बजारमा सार्वजनिक

शीतलपाटीन्युज डटकम।
लण्डन।गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङ र कलाकार आरके गुरुङको प्रस्तुति ‘बिर्सनलाई सकिन नानी’ बोलको म्युजिक भिडियो बजारमा आएको छ।

आरके युट्युब च्यानलमार्फत शुक्रबार गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। उक्त गीतमा आरके गुरुङ,शीतल गुरुङ,सरिता सारु मगर र सुनिमा गुरुङको आवाज छ। सिताराम परियारको शब्दमा आरके गुरुङले लय भरेको उक्त गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन्।
प्रिज्म डिजिटल स्टुडियो काठमाडौंमा कमल सिन्जाली र गोविन्दले रेकर्ड गरेको उक्त गीतलाई मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन्। सात मुहाने तमू समाजको घर र सिकाली चौरमा गीतको भिडियो छायांकन गरिएको हो। 

दिप गुरुङले निर्देशन गरेको उक्त भिडियोमा अञ्जु गुरुङ, जुना गुरुङ,आनन्द गुरुङ र मनोज गुरुङले अभिनय गरेका छन्। छायांकनमा सम्पूर्ण तमू समाज काठमाडौंको आमा टोलीले पनि सहयोग गरेको मिलन तमूले बताए।

(Gurkha Media)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?