Thursday March 20, 2025

प्रधानमन्त्रीको भ्रमण तयारी गर्न परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान

१३ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1296


प्रधानमन्त्रीको भ्रमण तयारी गर्न परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान

शीतलपाटीन्युज डटकम।

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेका हुन्।
 डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन्।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए। 
 भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
 
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन गएका हुन्। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन्। परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्कने छिन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?