Saturday February 08, 2025

युके नेपाल इन्टरनेसनल बोडीबिल्डीयड्ग लिगको अध्यक्षमा गंगा गुरुड्ग

१८ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1321


युके नेपाल इन्टरनेसनल बोडीबिल्डीयड्ग लिगको अध्यक्षमा गंगा गुरुड्ग

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। युके नेपाल इन्टरनेसनल बोडीबिल्डीयड्ग लिगको अध्यक्षमा गंगा गुरुड्ग चयन हुनु भएको छ। युके नेपाल इन्टरनेसनल बोडीबिल्डीयड्ग लिगको नया कार्यसमिती गठन भएको कुरा निबर्तमान अध्यक्ष शुक गुरुड्गले शीतलपाटीन्युज डटकमका प्रधान सम्पादक बाचस्पति रेग्मीलाई जानकारी दिनु भएको हो।

प्यालेस रेष्टुरेन्ट अल्डरसटमा १ डिसेम्बर २०२४ मा अध्यक्ष शुक गुरुड्गको अध्यक्षतामा बसेको कार्यसमितीको बैठकले नया कार्यसमितीको अध्यक्षमा गंगा गुरुड्ग,उपाध्यक्षहरुमा लोक गुरुड्ग र कुमार गुरुड्ग चयन हुनु भएको हो। साथै समितीको महासचीवमा शमसेर गुड्ग,सह सचीवमा तारा गुरुड्ग,कोषाध्यक्षमा नरवुतन राई चयन हुनु भएको छ।

राष्ट्रिय, अन्तराष्ट्रिय बडिबिल्डिड्गमा सहभागी भएर  जित हासील गरेको यो संस्थाले आगामी जुन २०२५ मा इभेन्टस् पनि आयोजना गर्ने जनाएको छ। 

साथै सन २०१३ देखि युके नेपाल इन्टरनेसनल बोडीबिल्डीयड्ग लिगमा सक्रिय गंगा गुरुड्ग यस पटक अध्यक्ष बन्नु भएको छ। युके नेपाल इन्टरनेसनल बोडीबिल्डीयड्ग लिगको यो कार्यक्रममा संस्थाका पुर्ब अध्यक्षहरु,सल्लाहाकारहरु,कार्यसमिती पदाधिकारीहरुको उपस्थिती सहित कार्यक्रम सम्पन्न भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?