२५ मंसिर, २०८१
शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। कला संस्कृतीको जगेर्ना गर्दै बेलायत बसोबास गरेका मगर समुदायले माघे संक्रान्ती पर्व मनाउने भएको समाचार प्राप्त भएको छ। पौष महिनामा जुन दिन सूर्य मकर राशिमा प्रवेश गर्छ सो दिन यो माघे संक्रान्ती पर्व मनाउने चलन छ।
मगर समुदायको प्रमुख पर्व माघे संक्रान्ती मनाउन हिजो ०८ डिसेम्बर २०२४ मा बसेको समितीको बैठकले मगर एसोसीयसन युके U.H.S.B शाखाले गुल्मी समाज युकेका पुर्व अध्यक्ष बीर बलाललाई संयोजक तोकेको कुरा मगर एसोसीयसन युके U.H.S.B शाखाका अध्यक्ष ऋषिराम रानाले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भएको छ।
११ जनवरी २०२५ को ११:०० बजे देखि २२:०० सम्म हुने उक्त कार्यक्रम समुयलकोडी स्पोर्टस कलेल GU14 8SN मा हुने छ। ११ बजे देखि १३ बजेसम्म परम्पराबाट चल्दै आएको पितृहरुलाई संझदै पितृपुजा,१३ बजे देखी २२ बजेसम्म मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम, चिठ्ठा राफल ड्र, स्वादिष्ट नेपाली खानाका साथ मनाईने भएको छ। बयस्कलाई £२० पौण्ड तथा सिनियर सीटीजन र बच्चा ६ बर्ष देखि १२ बर्ष सम्मलाई £१२ पौण्डको ब्यवस्था गरीएको सो कार्यक्रममा इच्छुक सबैलाई निमन्त्रणा गरीएको छ।
नेपालबाट राष्ट्रिय कलाकार देवि आले र प्रसाद खप्तरी मगर आउने सो माघे संक्रान्ती पर्वमा स्थानिय कलाकार समेतको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक बीर बलालको भनाई छ।
अन्य जानकारी आवस्यक परेमा पोष्ट गरीएको फ्याएर मार्फत जानकारी लिन सम्पर्क गर्न सक्नु हुने छ।