Friday February 07, 2025

ल्होछार पर्व भब्य मनाउने बताउदै तमु धीं लन्डन इकाईको १७औँ साधारणसभा भब्य सम्पन्न

२६ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1269


ल्होछार पर्व भब्य मनाउने बताउदै तमु धीं लन्डन इकाईको १७औँ साधारणसभा भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। तमु धीं यूकेको सिल्भर जुब्ली एवं ल्होछार कार्यक्रम सफल बनाउने उध्देश्य सहित तमु धीं लन्डन इकाईको १७औँ साधारणसभा सम्पन्न भएको छ। तमु धीं लन्डन इकाईको ८ डिसेम्बर २०२४ मा गोल्डेन सिप रेस्टुरेन्टमा साधारण सभा भएको हो। 

तमुधि लण्डन इकाईका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ प्रमुख अतिथी रहनु भएको थियो। महासचिव रक गुरुङले  सञ्चालन गरेको सो साधारण सभामा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी गराएको थियो। सो साधारण सभामा उपस्थित सबैलाई लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष ईश्वर गुरुङले स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो।

ईकाईका अध्यक्ष भरत गुरुड्ग,प्रमुख अतिथि तमुधि युके अध्यक्ष हरी गुरुड्ग,बार्नेट बरो अफ लन्डनका पुर्व उपमेर एवम काउन्सिलर लक्ष्य बहादुर गुरुङ,आमा अध्यक्ष देवकला गुरुङ,पूर्वअध्यक्ष एवं ट्रस्टी डेबिड गुरुङले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गर्नु भएको थियो।

साधारण सभाको उदघाटन अतिथि तथा वक्ताहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो। सभामा ट्रस्टी रि. क्या.प्रेम बहादुर गुरुङ,ट्रस्टी डेबिड गुरुङ,धनकाजी गुरुङ,हुम कुमारी गरुङ,निवर्तमान अध्यक्ष विष्णु गुरुङ,प्रमुख सल्लाहकार लक्ष्य बहादुर गुरुङ,सल्लाहकारद्वय सोंपाल समाज यूकेका संस्थापक अध्यक्ष विजय गुरुङ र वर्तमान अध्यक्ष जगदीश गुरुङले शुभकामना मन्तव्य र आआफ्नो धारणा राख्नु भएको थियो।

सो साधारणसभामा महासचिव रक गुरुड्गको वार्षिक प्रतिवेदन,कोषाध्यक्ष प्रेमराज गुरुङको आर्थिक प्रतिवेदन, आमा समूहको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरीएकोमा सभाहलमा उपस्थित सबैको गुञ्जायमान ताली र समर्थनको साथ अनुमोदन गरियको थियो।

सो अवसरमा प्रमुख अतिथि एवं तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले तमु धीं लन्डन इकाईको वेबसाइट पनि शुभारम्भ गर्नु भएको थियो। सभाहलमा उपस्थित अग्रज तथा मान्यजनले महत्पूर्ण सान्दर्भिक सल्लाह सुझाव दिनु भएको थियो।
प्रमुख अतिथि एवं तमु धीं यूकेका अध्यक्षले तमु धीं लन्डन इकाईको संगठन एकबद्धता र हरेक कार्यक्रम सफल भएको र भावी दिनमा अझै धेरै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो। ‘तमु धीं यूकेको अभिन्न अगंका रूपमा लन्डन इकाई कोसेढुगं साबित भै मेरो कार्यकालमा अझै धेरै सहयोग गर्नु भएकोमा आभार प्रकट गर्दै,लन्डन इकाईको लागि सहयोग गर्न तमुधीं यूके हर हमेशा तत्पर छु,’ उहाले प्रतिबध्दता जनाउनु भयो। यही २८ डिसेम्बरमा तमु धीं यूकेको २५औँ उत्सवको अवसरमा केन्द्र र तमु धीं लन्डन इकाईले एकै ठाउँमा ल्होछार मनाउने निर्णय एकताको उदाहरणीय निर्णय रहेको अध्यक्ष गुरुङको भनाइ थियो। 

अध्य गुरुड्गक्षले सभामा उठेका जिज्ञासा एवं सुझावको जवाफसहित उपस्थित सबैलाई धन्यवाद दिनु हुदै २९ मार्च २०२५ मा तमु धीं लन्डन इकाईले कल्याणकारी रात्रीभोजको आयोजना गर्ने जानकारी दिँदै सहयोगका लागि अपिल समेत गर्नु भयो।

तमु धीं लन्डन इकाईको नेतृत्व तथा संयोजकत्वमा गरिएको कार्यक्रम जस्तै नेपाली मेलामा कार पर्किङ संयोजक,आमा समूहले आयोजना गर्ने परम्परागत तीज कार्यक्रम संयोजक,इकाईको देउसि भैलो कार्यक्रम सफल बनाइदिने, सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको संयोजक गर्ने सांस्कृतिक सचिव,वेबसाइट डिजाइनमा सहयोग गर्ने सबैलाई धन्यवादको साथ खादाले सम्मान गरीएको थियो।

आउँदो सप्ह्री ल्हो आगमनसॅंगै तमु धीं यूकेको सिल्भर जुब्ली एवं ल्होछार कार्यक्रम सफल बनाउन तमु धीं लन्डन इकाई एकबद्ध रूपमा सहयोगको लागि तयार रहेको अध्यक्ष गुरुड्गले प्रतिबध्दता जनाउदै साधारणसभा सफलतापुर्वक सम्पन्न भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?