Thursday March 20, 2025

सहारा क्लब हङकङको अध्यक्षमा सरोज गुरुड्ग

२ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1238


सहारा क्लब हङकङको अध्यक्षमा सरोज गुरुड्ग

शीतलपाटीन्युज डटकम।
हंगकंड्ग। सहारा क्लब हङकङको चौथो अधिवेशनले सरोज गुरुङ (खम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

आइतबार हङकङमा भएको अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष दीपक गुरुङले जानकारी दिएका हुन्।

कार्यसमिति उपाध्यक्षमा सुमित्रा गुरुङ र तिलक गुरुङ, महासचिवमा ओमप्रसाद गुरुङ,सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा प्रवीण गुरुङ, सहकोषाध्यक्षमा उर्मिला घले छन्। सदस्यमा सरिता गुरुङ, विकास गुरुड्ग,राजु गुरुङ (सुपर),प्रदीप गुरुङ,राजु गुरुङ,गमन घले,कपिल गुरुङ, शरद ज्वारचन,पूर्ण गुरुङ (प्रेम),झोना गुरुङ,करना श्रेष्ठ र संगीता गुरुङ चयन भए। रिक्त पदमा पछि मनोनीत हुने छन्।

कार्यक्रम उद्घाटन गर्दैसंस्थाका सल्लाहकार कानून व्यवसायी देव गुरुङले सहारा क्लब पोखराको सहयोगमा संस्थाले गरेका गतिविधिको प्रशंसा गरे। उनले आसन्न २४ औं आहारारा पोखरा गोल्डकपका लागि थप ५१ हजार रुपैयाँ सहयोगको घोषणासमेत गरे। समाजसेवीसमेत रहेका गुरुङले क्लबलाई बर्सेनि सहयोग गर्दै आएका छन्।

कार्यक्रममा नेपाली महासंघ हङकङका अध्यक्ष र एआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल,सहारा क्लब हङकङका प्रमुख सल्लाहकार दुर्गा गुरुङ (एण्डी) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कुमार गुरुङ, उपाध्यक्ष सरोज गुरुङ (खम) ले समेत आफ्ना भनाई राखेका थिए। निर्वाचन समितिमा दुर्गा गुरुङ, अरेन्द्र गुरुङ र दुर्गा मिलन गुरुङ रहेका थिए।

(पोखरा स्पोर्टस। )



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?