३ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। राष्ट्रिय प्रहरी प्रतिष्ठानमा बेलायत सरकार Foreign Commonwealth and Development Office UK को आर्थिक सहयोगमा United Nations Office for Project Service (UNOPS) Nepal र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा एक दिवसीय “घरेलु हिंसा उजुरी सुनुवाई तथा मेल मिलाप सीप विकास प्रशिक्षक प्रशिक्षण कार्यशाला” गोष्ठि सम्पन्न भयो।
उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी,UNOPS Nepal का Senior Programme Manager Stephen Otters, CPP-GBV- Specialist पूर्व एआइजी मीरा चौधरी,UNOPS Nepal का GESI Officer कृति थापा,अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य,प्रतिष्ठानका सहनिर्देशक नान्तीराज गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक डीएसपी फणिन्द्र प्रसाईले कार्यक्रमको उद्देश्य माथि जानकारी प्रदान गर्दै सन्चालन गर्नु भएको उक्त कार्यक्रममा नेपाल प्रहरीका १४ जना पुरुष प्रहरी अधिकृत तथा १० जना महिला प्रहरी अधिकृत गरी २४ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो।
(सुरक्षा सरोकार)