Monday February 10, 2025

पुर्व सब इन्स्पेक्टर थापा प्रति हार्दिक श्रध्दान्जली एवम शोक सन्तप्त परिवारमा समबेदना

५ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 3443


पुर्व सब इन्स्पेक्टर थापा प्रति हार्दिक श्रध्दान्जली एवम शोक सन्तप्त परिवारमा समबेदना

शीतलपाटीन्युज डटकम।
अमेरीका। स्याड्ग्जा फेदीखोला घर भै अमेरिकामा रहेका छोराछोरी भेट्न अमेरिकाको टेक्सास पुग्नु भएका नेपाली प्रहरीका पुर्व प्रहरी नायव निरीक्षक लाल बहादुर थापा उर्फ राजु थापाको ह्दयाघातबाट निधन भएको समाचार प्राप्त भएको छ।

पारिवारीक श्रोतका अनुसार पाल्पा समाज अमेरीकाका सदस्यहरु र टेक्सास नेपाली समाज अमेरीकाका सदस्यहरुका साथ अमेरीकाको टेक्सासमा अन्त्यष्टी गर्ने तथा मृतकको अस्तु नेपाल लगेर अन्त्यष्टी गर्ने कार्यक्रम रहेको जनाईएको छ।
बि सं २०२० सालमा स्याड्ग्जा फेदिखोलामा जन्मनु भएको उहा नेपाल प्रहरीमा सेवा गरी पेन्सनमा रहनु भयको थियो। नेपाल प्रहरी रहदा उहाले उच्च ब्यवसायीक दक्षता प्रदर्सन गर्नु भै पुरस्कृत समेत हुनु भएको थियो।

हिन्दु धर्म संरक्षण र प्रचार प्रसारमा सक्रिय थापा हिन्दु युबा बाहिनी नेपालका महासचीव भै सक्रिय हुनु हुन्थ्यो।
श्रीमती, छोरा र छोरी छाडेर उहा परमधाम हुनु भएको हो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?