Friday February 07, 2025

तमुधीं यूकेको रजत महोत्सवमा मनोरञ्जन दिन पप गायिका तृष्णा गुरुङ लण्डनमा

५ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1153


तमुधीं यूकेको रजत महोत्सवमा मनोरञ्जन दिन पप गायिका तृष्णा गुरुङ लण्डनमा

शीतलपाटीन्युज डटकम।
लण्डन। तमुधीं यूकेको रजत महोत्सवमा भाग लिन पप गायिका तृष्णा गुरुङ लण्डन आइपुगेकी छन्। 

डिसेम्बर २८ तारिखमा लण्डनस्थित ह्यारो लेजर सेन्टरमा आयोजना हुने कार्यक्रममा भाग लिन गुरुङ बिहीवार साँझ लण्डन उत्रिएकी हुन्। उनको साथमा “द कोल्याब” ब्यान्ड पनि लण्डनको अन्तर्राष्ट्रिय विमानस्थल हिथ्रोमा आइपुगेको छ।

कलाकारहरूको टोलीको स्वागतका लागि तमुधीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, ल्होछारका प्रमुख संयोजक कमल गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, ट्रष्टि तथा गैरआवासीय नेपाली संघका सल्लाहकार सूर्य गुरुङ र संघका केन्द्रीय सदस्य दिलराज गुरुङ समेत विमानस्थलमा पुगेर स्वागत गर्नु भयको थियो।

तमुधीं यूके बेलायतको सबैभन्दा ठूलो जातीय संस्था हो। यो संस्थाले लण्डनमा हुने ठुलो कार्यक्रम नेपाली मेला, गोर्खा कप फुटवल जस्ता ठुला कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्दै आएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?