Friday February 07, 2025

लण्डन अल्डरसटको शिव मन्दिर विस्तार,थप नेपाली पण्डित पनि शिफारीस

६ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1192


लण्डन अल्डरसटको शिव मन्दिर विस्तार,थप नेपाली पण्डित पनि शिफारीस

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतको अल्डरसटस्थित शिव मन्दिर विस्तार गरि थप पण्डितहरु राख्ने शिफारीष अगाडि बढेको छ । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले अहिलेको शिव मन्दिर संगै जोडिएको अर्को घर खरिद गरेर चाबी लिएको छ। दुई बेड रुमको घर झण्डै तीन लाख पाउण्डमा खरिद गरिएको छ। अहिले ९० हजार पाउण्ड दिएर बांकी २ लाख पाउण्ड मोर्गेजमा घर लिइएको हो।

यही २६ डिसेम्बर बक्सिङ डेका दिन विशेष पूजा आराधना सहित उक्त घरको औपचारिक गृह प्रवेश कार्यक्रम तय गरिएको कुरा अध्यक्ष बिक्रम भट्टराईले बताउनु भएको छ। अरु दुई वा तीन जना पण्डित थपेर नयां खरिद गरिएको घर उनीहरुको आवासका रुपमा सञ्चालन गर्ने तथा घर र मन्दिरबीचमा रहेको जग्गा मण्डप बनाउन प्रयोग गरिने शिव मन्दिर संचालक समितीको योजना छ।

अध्यक्ष भट्टराईले पेमेन्टका लागि ९० हजार पाउण्ड चन्दा संकलन र भक्तजनहरुबाट बिना ब्याज ऋण लिएर जुटाउदै बांकी मोर्गेज पनि च्यारिटी इभेन्ट वा दाताबाट जुटाएर छिट्टै चुक्ता गर्ने योजना छ, भन्नु भएको छ। अध्यक्ष भट्टराईले निकै लामो प्रतिक्षापछि सबैको सहयोग, सद्भाव र सदासयताका कारण शिव मन्दिर अल्डरसटले छिमेकी घर खरिद गर्न सफल भएको बताउदै यस कार्यमा योगदान गर्ने चन्दादाता,मन्दिरका पण्डित,प्रमुख संरक्षक तथा सम्पूर्ण संरक्षकहरु एवं प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबै दाताहरु,ट्रष्टीहरु,कार्यसमिति पदाधिकारीहरु र सदस्यहरु प्रति आभार व्यक्त गर्नु भएको छ। बांकी मोर्गेज चुक्ताका लागि विगत जस्तै अब पनि आर्थिक सहयोग गरिदिन सबैमा अपिल समेत गर्नु भएको छ।



कम्युनिटी सेन्टरले सन् २०१८ डिसेम्बरमा भवन खरिद गरेर पहिलो मन्दिर स्थापना गरेको हो। उक्त मन्दिरमा बिहान ९ र सांझ ६ बजे आरती गरिन्छ। मन्दिरले पण्डित आचार्य मधुसुदन सत्याललाई तीन वर्ष अनुवन्धित गरेको छ। पण्डित सत्यालले मन्दिरमा बसेर नित्य पूजाआजा,आरती र ५० माइलसम्मको दुरीमा रहेका नेपालीलाई वैदिक कार्यमा टेवा पुर्याउदै आउनु भएको छ।

मन्दिरले तोकेको रकम लिएर पितृकार्य लगायत विभिन्न धार्मिक कार्य,बीबाह,ब्रतबन्ध,न्वारन आदि धै रहेको कुरा अध्यक्ष भट्टराईले बताउनु भएको छ। मन्दिरमा कम्तीमा दुई वा तीनजना पण्डित राख्ने योजना बनेको पनि उहाले सुनाउनु भएको छ । नेपालबाट भोलेण्टियर वेसिसमा संस्कृत पाठशालाबाट दिक्षित र उक्त स्कुलले सिफारिस गरेको अब्बल युवा पण्डित ल्याउने तयारी भइरहेको पनि अध्यक्ष भट्टराईले बताउंनु भएको छ।

उक्त मन्दिरमा हरेक शनिबार बिहान योगा,आइतबार वाल विकास शीर्षक अन्तर्गत बालबालिकालाई सनातन संस्कृतिबारे प्रवचन,आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म डा.कृष्ण उपाध्यायद्वारा प्रवचन,हरेक बिहीबार दिउसो १ देखि सांझ ६ बजेसम्म चौतारी ग्रुपका भूतपूर्व गोर्खा वृद्धवृद्धाको गतिविधि हुने गरेको छ।

शिवरात्रीको तयारी पनि शुरु भइसकेको मन्दिरले जनाएको छ।दशैं,तिहार,जनै पुर्णिमा,तीज,गृह प्रबेस लगायत नेपाली चाडपर्व मनाउने र निमन्त्रणा अनुसार घर मै पुगेर पुजा गर्ने गरीन्छ। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?