७ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। सहारा यूकेले विभिन्न प्रतिवेदन पारित गर्दै वार्षिक साधारणसभा शनिबार २१ डिसेम्बर २०२४ का दिन स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीमा सम्पन्न गरेको छ। अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासचिवको अनुपस्थिता निवर्तमान महासचिव मनोज गुरुड्गले एजेन्डा प्रस्तुत गरेका थिए।
उपाध्यक्ष श्रद्धा गुरुङले स्वागत मन्तव्य राखेको सो साधारण सभामा सहारा यूकेका सदस्य र दिवंगत ज्ञात अज्ञात व्यक्तिहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो। संस्थापक अध्यक्ष नविन गुरुड्ग र पूर्वअध्यक्षहरुले विशेष मन्तव्य राखेको सो सभामा अध्यक्ष कृष्ण गुरुङले ओपनिङ मन्तव्य राख्नु भएको थियो।
साधारणसभामा कोषाध्यक्ष कुमार थापाले आयव्ययको रिपोर्ट र सहकोषाध्यक्ष जगन गुरुङ र अध्यक्षले सहारा यूके अक्षय कोष र आगामी योजनाबारे प्रस्तुति दिनु भएको थियो। सभामा महासचिव र अध्यक्षले संक्षिप्त प्रतिवेदन,सहारा एफसी टिमबाट संक्षिप्त प्रतिवेदन प्रस्तुत गरिएको थियो।
सो साधारणसभामा पोखरा अन्तर्राष्ट्रिय म्याराथन, आहा रारा पोखरा गोल्डकपमा प्रदान गरिने पुरस्कार लगायत विषयमा अध्यक्ष कृष्ण गुरुङले ब्रिफिङ गर्नु भएको थियो। त्यस्तै गोर्खा कपमा राखिने स्टल र साहारा क्याम्पिङको बारेमा शेरा गुरुङले आफ्नो अवधारणा राख्नु भएको थियो।
यसैबीच सहारा यूके अक्षय कोषका लागि झण्डै ८ लाख रुपैयाँ घोषणा भयो। सहारा यूकेले दिएको जानकारी अनुसार अजय थापा १ लाख १ हजार रुपैयाँ, दिलरास गुरुङ १ लाख रुपैयाँ,मेजर कुमार गुरुङ १ लाख रुपैयाँ,हरि श्रेष्ठ १ लाख रुपैयाँ,पूर्वअध्यक्ष कुमार गुरुङ ५६ हजार रुपैयाँ,सूर्य गुरुङ ५१ हजार रुपैयाँ,अमृत गुरुङ ५१ हजार रुपैयाँ,गंगा गुरुङ ५१ हजार रुपैयाँ,ध्रुव गौतम ५१ हजार रुपैयाँ,भोज गुरुङ ५१ रुपैयाँ र बल थापाले ५१ हजार रुपैयाँ घोषणा गर्नु भएको थियो।
साथै सचिव मन्जु गुरुङ राई र सपनकुमार राईले राफल ड्र खेलाएको सो कार्यक्रममा पेय पदार्थ सहारा सदस्यहरुले व्यवस्थापन गरेका थिए।खाना गोर्खा किचन अल्डरसटबाट प्रबन्ध मिलाइएको थियो भने डान्सर तथा मोडल स्वस्तिका खड्काले भरपुर मनोरन्जन दिलाएकी थिइन्।
अन्दाजी १०० जना उपस्थित सो सभामा अध्यक्ष कृष्ण गुरुङले हललगायत विभिन्न प्रायोजकलाई र साधारणसभामा सहभागीलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो।