७ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
अल्डरसट। बेलायतको भलिबल इतिहासमा पुरानो क्लब अल्डरसट भलिबल क्लबको पाँचौँ अधिवेशन सम्पन्न भएको छ।
शनिबार अल्डरसटस्थित माइतीघरमा भएको अधिवेशनले विमल गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। गुरुङ यसअघि उपाध्यक्ष थिए। अल्डरसट वरिपरि बसोबास गर्ने भलिबलप्रेमीहरू मिलेर सन् २०१६ मा उक्त क्लबको स्थापना गरेका थिए।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सैलेश राई र सेवक ग्लान,सचिवमा गोकुल राई,सहसचिवमा मेश पुन रहेका छन्। कोषाध्यक्षमा कृष्ण गुरुङ र सहकोषाध्यक्षमा हेम राई,खेल संयोजकहरुमा मिन ठकुरी र मधुसुदन थापा चयन भएका छन्।
कार्यक्रममा क्लबका संरक्षक शेरबहादुर सुनारले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका थिए। अधिवेशनको निर्वाचन मण्डलमा क्लबकै पूर्वअध्यक्षहरू डोल श्रीस र सोर्ग गुरुङ रहेका थिए।
क्लबका संस्थापक अध्यक्ष चन्द्र गुरुङ रहेको सो क्लवमा निवर्तमान अध्यक्ष विकास विके हुन् । क्लबले आगामी ७ जुन २०२५ मा सातौँ अल्डरसट भलिबल टुर्नामेन्ट गर्ने निर्णय गरेको छ।